ne_tn/gen/03/17.md

5.1 KiB

आदमलाई

नाउँ आदम र हिब्रुको "मानिस" को लागि प्रयोग हुने शब्द एउटै हुन् । केहि अनुवादहरूले "आदम" भन्छन् र केहिले "मानिस" । एउटा व्यक्तिलाई जनाउने जुनैपनि ढाँचा प्रयोग गर्न सक्नुहुन्छ ।

तैँले तेरी पत्‍नीको कुरा सुनेको

यो वाक्पद्दति हो । अर्को अनुवादः तेरी पत्‍नीले भनेका कुराहरू तैँले पालना गरेको छस् " (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-idiom)

रुखको ... खाएको

उनीहरूले के खाएका थिए त्यो तपाईंले भन्‍न सक्‍नुहुन्छ । अर्को अनुवादः "रूखको फल खाइएको छ" वा "रूखका केहि फल खाइएका छन्" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

तँलाई नखानू भनेको

"तिमीहरूले त्यसबाट खानु हुँदैन" वा "त्यसको फल नखानु"

भूमि श्रापित भएको छ

जुन भूमि "असल" रहेको थियो (उत्पति १:१०), त्यो अब परमेश्‍वरको श्रापमुनि परेको थियो भन्‍ने कुरालाई जोड दिन "श्राप" भन्‍ने शब्द वाक्यमा पहिला आउँदछ । यो कर्तृवाच्यको रूपमा पनि व्यक्त गर्न सकिन्छ । अर्को अनुवादः "मद्वारा यो भूमिलाई सरापिँदैछ ।" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

कडा परिश्रम गरेर

"कडा काम गरेर"

तैँले ... खानेछस्

"यस" शब्दले जमिनलाई जनाउँदछ र मानिसहरूले खाने, जमिनमा उम्रने वनस्पतिका भागहरूका लागि लक्षणा हो । अर्को अनुवादः "यसबाट जे उम्र‍न्छ, त्यो तैँले खानेछस् ।" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

खेतका बिरुवाहरू

सम्भाव्य अर्थहरू १) "तिमीहरूले हेरचाह गर्ने तिमीहरूका खेतहरूका वनस्पतिहरू" वा २) खेतहरूमा उम्र‍ने जङ्गली वनस्पतिहरू ।"

तैँले आफ्नो ... पसिना बगाएर

"तिमीहरूका अनुहारमा पसिना ल्याउने कडा परिश्रमद्वारा"

तैँले ... भोजन खानेछस्

यहाँ सामान्य अर्थमा "रोटी" भन्‍ने शब्द खानाको उपलक्षक हो । अर्को अनुवादः "तिमीहरूले खाना खानेछौ" (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-synecdoche]], [[rc:///ta/man/translate/figs-synecdoche]])

तँ माटोमा नफर्कुन्जेल

"तिमीहरू नमरेसम्म र तिमीहरूका शरीर जमिनमा नलगिएसम्म ।" केही संस्कृतिमा, मरेका मानिसका लासहरूलाई जमिनको प्वालमा हाल्छन् । मानिसको मृत्यु र उसलाई दफनाउने समय नआएसम्‍म उसको कडा परिश्रमको अन्त्य हुँदैन ।

तँ ... माटोमा नै फर्किजानेछस्

"मैले तिमीहरूलाई माटोले बनाएँ, ताकी तिमीहरू फेरि माटो बन्‍नेछौ ।" मानिसको एउटै अवस्थामा सुरूवात र अन्त्य हुन्छ भन्‍ने देखाउनको लागि "धुलो" को दुवै घटनाहरू लाई एउटै शब्दमा अनुवाद गर्नुहोस् ।

शब्द अनुवाद