ne_tn/deu/32/13.md

3.6 KiB

सामान्य जानकारीः

मोशा इस्राएलका मानिसहरूलाई एउटा कवितात्मक गीत सुनाउ छन् । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-parallelism)

उहाँले तिनलाई पृथ्वीका अग्ला-अग्ला ठाउँहरूमा सवार गराउनुभयो

यो एउटा वाक्पद्धति हो । "तिनलाई" शब्दले इस्राएलका मानिसहरूलाई जनाउँछ । अर्को अनुवादः "परमप्रभुले तिनीहरूलाई पृथ्वीका अग्ला-अग्ला ठाउँहरूमा सवार गराउनुभयो" वा "परमप्रभुले तिनीहरूलाई पृथ्वीका अग्ला-अग्ला ठाउँहरू लिन र कब्जा गर्न सहायता गर्नुभयो" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-idiom)

तिनलाई ... सवार गराउनुभयो ... फल खुवाउनुभयो ... तिनलाई ... पालन-पोषण गर्नुभयो

मोशा फेरी इस्राएलीहरूको बारे "याकूब" भनेर बोल्छन् (व्‍यवस्‍था ३२:९-१०)। तपाईंले यसलाई मोशा इस्राएलीहरूको बारे धेरै मानिसहरूको रूपमा तिनीहरूसँग बोलिरहे झैँ अनुवाद गर्नु पर्छ । "हाम्रा पुर्खाहरूलाई ... सवार गराउनुभयो ... फल खुवाउनुभयो ... तिनीहरूलाई ... पोषण गर्नुभयो" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-pronouns)

उहाँले तिनलाई ... बारीको फल खुवाउनुभयो

"उहाँले तिनलाई ... तिनले खान सक्ने प्रशस्त अन्‍न भएको देशमा ल्याउनु भयो"

उहाँले तिनलाई चट्टानबाट निस्केको मह र दर्शन-ढुङ्गाको भीरको तेलले पालन-पोषण गर्नुभयो

त्यस देशमा धेरै मौरीहरू थिए जसले चट्टानका प्वाल भित्र चाका सहित मह उत्पादन गर्‍थ्यो । त्यहाँ धेरै भद्राक्षका रूखहरू पनि थिए जसले तेल दिन्थे र जुन चट्टान, पहाड र पर्वतहरूमा उम्रन्थे ।

मह ... पालन-पोषण गर्नुभयो

यो एउटा आमाले बच्चालाई आफ्नो दुध खुवाए झैँ हो । "मह ... खान दिए" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

शब्द अनुवाद