ne_tn/act/27/27.md

1.3 KiB

जोड्ने कथनः

भयङ्कर तेज तुफान निरन्‍तर चलिरह्‌यो ।

जब चौधौँ रात आयो

यो क्रमागत सङ्ख्या “चौधौँ”लाई “चौध” वा “१४” लेखेर अनुवाद गर्न सकिन्‍छ । वैकल्‍पिक अनुवादः “तुफान चल्‍न सुरु भएको चौध दिनपछि, त्‍यो रातमा” (हेर्नुहोस्ः [[rc:///ta/man/translate/translate-ordinal]] अनि [[rc:///ta/man/translate/translate-numbers]])

जसै हामी यताउता धकेलिरहेका थियौँ

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “जसै बतासले हामीलाई अगिपछि धकेल्‍यो” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

एड्रियास समुद्र

यो समुद्र इटाली र ग्रीसको बीचमा पर्छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-names)