ne_tn/act/26/01.md

1.4 KiB

जोड्ने कथनः

फेस्तसले पावललाई राजा अग्रिपासको सामु ल्याएका छन् । पद २ मा पावलले राजा अग्रिपासको सामु आफ्नो बचाउ गर्न थाल्छन् ।

अग्रिपास

अग्रिपाले थोरै मात्र इलाकामा राज्‍य गरेको भए तापनि तिनी प्‍यालेस्टाइनका तत्कालीन राजा थिए । तपाईंले यसलाई प्रेरितहरू २५:१३ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।

उनका हात फैलाए

“आफ्‍नो हात पसारे” वा “आफ्‍नो हातले इशारा गरे”

उनको बचाउ गरे

भाववाचक नाउँ “बचाउ” लाई क्रियापदका रूपमा लेख्‍न सकिन्‍छ । वैकल्‍पिक अनुवादः “तिनलाई आरोप लगाइरहेकाहरूको विरुद्धमा आफ्नो बचाउ गर्न थाले” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-abstractnouns)