ne_tn/2ti/04/01.md

2.1 KiB

जोड्ने कथनः

पावलले तिमोथीलाई विश्‍वासयोग्य हुने कुरा र पावल मर्नको लागि तयार भएको कुराको सम्झना दिलाउँछन् ।

परमेश्‍वर र येशू ख्रीष्‍टको सामने यो कडा आज्ञा

“परमेश्‍वर र ख्रीष्‍ट येशूको उपस्थितिमा यो कडा आज्ञा ।” यसले भन्‍न खोजेको कुरा यही हो कि परमेश्‍वर र येशू पावलको साक्षी हुनुहुनेछ । वैकल्पिक अनुवादः “परमेश्‍वर र ख्रीष्‍ट येशू मेरो साक्षीको रूपमा यो कडा आज्ञा” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

कडा आज्ञा

“गम्भीर आज्ञा”

जिउँदा र मरेकाहरू

यहाँ “जिउँदा” र “मरेका” शब्दहरू सबै मानिसहरूलाई जनाउनको लागि एकैपटक प्रयोग गरिएको छ । वैकल्‍पिक अनुवादः “ती सबै मानिसहरू जसले जीवन जिएका छन्” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-merism)

र उहाँको प्रकटीकरण र उहाँको राज्यको कारण

यहाँ “राज्य”ले ख्रीष्‍ट राजाको रूपमा राज्य गर्ने कुरालाई जनाउँछ । वैकल्पिक अनुवादः “जब उहाँ राजाको रूपमा राज गर्न फर्कनुहुन्छ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)