# जोड्ने कथनः पावलले तिमोथीलाई विश्‍वासयोग्य हुने कुरा र पावल मर्नको लागि तयार भएको कुराको सम्झना दिलाउँछन् । # परमेश्‍वर र येशू ख्रीष्‍टको सामने यो कडा आज्ञा “परमेश्‍वर र ख्रीष्‍ट येशूको उपस्थितिमा यो कडा आज्ञा ।” यसले भन्‍न खोजेको कुरा यही हो कि परमेश्‍वर र येशू पावलको साक्षी हुनुहुनेछ । वैकल्पिक अनुवादः “परमेश्‍वर र ख्रीष्‍ट येशू मेरो साक्षीको रूपमा यो कडा आज्ञा” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-explicit]]) # कडा आज्ञा “गम्भीर आज्ञा” # जिउँदा र मरेकाहरू यहाँ “जिउँदा” र “मरेका” शब्दहरू सबै मानिसहरूलाई जनाउनको लागि एकैपटक प्रयोग गरिएको छ । वैकल्‍पिक अनुवादः “ती सबै मानिसहरू जसले जीवन जिएका छन्” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-merism]]) # र उहाँको प्रकटीकरण र उहाँको राज्यको कारण यहाँ “राज्य”ले ख्रीष्‍ट राजाको रूपमा राज्य गर्ने कुरालाई जनाउँछ । वैकल्पिक अनुवादः “जब उहाँ राजाको रूपमा राज गर्न फर्कनुहुन्छ” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-metonymy]])