ne_tn/2sa/17/11.md

4.4 KiB

सबै इस्राएल तपाईंकहाँ भेला भएर

यहाँ इस्राएलका सबै सिपाहीहरूलाई "सबै इस्राएल" को रूपमा जनाइएका छन् । अर्को अनुवादः "तपाईंले इस्राएलका सबै सिपाहीहरूलाई एकसाथ भेला गर्नुपर्छ" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-activepassive]] र [[rc:///ta/man/translate/figs-synecdoche]])

दानदेखि बेर्शेबासम्म

यस वाक्यांशको अर्थ इस्राएलको उत्तरी सिमानादेखि दक्षिणी सीमानातिर भन्‍ने हुन्छ । अर्को अनुवादः "इस्राएलको सम्पुर्ण जातिबाट" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-merism)

समुद्रको बालुवा जत्तिकै असंख्या

यो एउटा बढावा हो जहाँ इस्राएलका सिपाहीहरूको सङ्‍ख्यालाई समुद्रको किनारमा भएका बालुवाका कणसित तुलना गरिएका छन् । अर्को अनुवादः "तिनीहरू यति धेरै थिए कि गन्‍न मुस्किल थियो" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-hyperbole]] र [[rc:///ta/man/translate/figs-simile]])

तपाईं स्वयम् युद्ध गर्न जानुपर्छ

"स्वयम्" भन्‍ने शब्दले अरू कसैलाई नपठाएर आफै नै जानु भन्‍ने अर्थ दिन्छ । अर्को अनुवादः "त्यसपछि तपाईं आफैले तिनीहरूलाई युद्धमा आगुवाई गर्नुहोस्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-idiom)

उनमाथि जाइलाग्‍ने छौँ

यसको अर्थ उद्देश्यसहित ऊ भएको ठाउँमा गएर आक्रमण गर्नु हो । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-idiom)

जमिनमा शीत परेझैं हामीले उनलाई छोप्‍ने छौं

बिहानि शीतले जमिन ढाकेझैँ दाऊदका सेना ढाक्‍नेको रूपमा अब्शालोमको सेनाको बयान गरिएको छ । अर्को अनुवादः "हामी ढाक्‍नेछौँ र दाऊदका सेनालाई पुर्ण रूपले हराउनेछौँ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-simile)

शीत

हुस्‍सु वा कुइरो लागेको बादल जुन रातको समयमा जमिनमा खस्छ र जमिनलाई ढाकेर बिहान ओसिलो पार्छ ।

हामीले उनका मानिसहरू ... एउटालाई पनि जीवित छोड्ने छेनौँ

यो अकरण जोड दिनको लागि प्रयोग भएको छ र यसलाई करणमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "हामी त्यसका हेरक मानिसहरूलाई मार्नेछौँ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-litotes)

उनी स्वयम्‌

यी दुवै शब्दहरूले दाऊदलाई जनाउँछ । अर्को अनुवादः "दाऊद स्‍वयम्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-rpronouns)

शब्द अनुवाद