ne_tn/2sa/03/06.md

2.4 KiB

शाऊलका घराना

यसले शाऊलका परिवार र समर्थकहरूलाई जनाउँछ जसले उनी मरेपछि उनको सम्पत्ति अधिकार गर्ने आशा गरे ।

दाऊदका घराना

यसले दाऊदका समर्थकहरूलाई जनाउँछ ।

शाऊलको घरानामा अबनेरले आफूलाई निकै शक्तिशाली बनाए

शाऊलको घरानामाथि अबनेरको शक्ति बढ्नुलाई यसरी बताइएको छ कि मानौँ उनी शारीरिक रूपमा बलिया भए । अर्को अनुवादः "अबनेरले शाऊलको परिवार र समर्थकहरूमाथि निकै शक्तिशाली भए" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

अय्या ... रिश्‍पा

यी स्‍त्रीहरूका नाम हुन् । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

ईश्‍बोशेत

यो शाऊलको छोराको नाम हो । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

तिमी मेरो बुबाको उपपत्‍नीसँग किन सुतेको?

आफू राजा भएझैँ व्यवहार गरिरहेका अबनेरलाई हप्काउन ईश्‍बोशेत यो प्रश्‍न गर्छन् । अर्को अनुवादः "तिमीलाई मेरो बुबाको उपपत्‍नीसँग सुत्‍ने अधिकार थिएन!" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-rquestion)

सुतेको

यो यौन सम्बन्धलाई जनाउने नम्र तरिका हो । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-euphemism)

शब्द अनुवाद