# शाऊलका घराना यसले शाऊलका परिवार र समर्थकहरूलाई जनाउँछ जसले उनी मरेपछि उनको सम्पत्ति अधिकार गर्ने आशा गरे । # दाऊदका घराना यसले दाऊदका समर्थकहरूलाई जनाउँछ । # शाऊलको घरानामा अबनेरले आफूलाई निकै शक्तिशाली बनाए शाऊलको घरानामाथि अबनेरको शक्ति बढ्नुलाई यसरी बताइएको छ कि मानौँ उनी शारीरिक रूपमा बलिया भए । अर्को अनुवादः "अबनेरले शाऊलको परिवार र समर्थकहरूमाथि निकै शक्तिशाली भए" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metaphor]]) # अय्या ... रिश्‍पा यी स्‍त्रीहरूका नाम हुन् । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/translate-names]]) # ईश्‍बोशेत यो शाऊलको छोराको नाम हो । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/translate-names]]) # तिमी मेरो बुबाको उपपत्‍नीसँग किन सुतेको? आफू राजा भएझैँ व्यवहार गरिरहेका अबनेरलाई हप्काउन ईश्‍बोशेत यो प्रश्‍न गर्छन् । अर्को अनुवादः "तिमीलाई मेरो बुबाको उपपत्‍नीसँग सुत्‍ने अधिकार थिएन!" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-rquestion]]) # सुतेको यो यौन सम्बन्धलाई जनाउने नम्र तरिका हो । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-euphemism]]) # शब्द अनुवाद * [[rc://*/tw/dict/bible/names/saul]] * [[rc://*/tw/dict/bible/names/houseofdavid]] * [[rc://*/tw/dict/bible/names/abner]] * [[rc://*/tw/dict/bible/other/concubine]] * [[rc://*/tw/dict/bible/kt/name]]