ne_tn/2sa/01/25.md

2.9 KiB

युद्धको बिचमा वीरहरू कसरी ढलेका छन्

इस्राएलका उत्कृष्ट योद्धाहरू मरे भनेर जोड दिन पद २७मा यो वाक्यांश दोहोर्‍याइएको छ । अर्को अनुवादः "युद्धमा वीर मानिसहरू मरेका छन्"

वीरहरू

यहाँ "वीरहरू"ले शाऊल र जोनाथनलाई मात्र, वा इस्राएलका सारा सिपाहीहरूलाई जनाएको हुनसक्छ । अर्को अनुवादः "वीर योद्धाहरू" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-nominaladj)

ढलेका छन्

यो "मरेका छन्" भनेर बताउने नम्र तरिका हो । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-euphemism)

जोनाथन ... मारिएका छन्

यसलाई कर्तृवाच्यमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "जोनाथन ... लडाईमा मरेका छन्" अथवा "जोनाथनलाई ... शत्रुहरूले मारेका छन्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

तिम्रो उच्‍च स्थानहरूमा

2 Samuel 1:21मा सुरू गरे जस्तै दाऊदले गीतको यस भागमा गिल्बो डाँडालाई निरन्तर सम्बोधन गर्छन् ।(हेर्नुहोस्: rc://*/ta/man/translate/figs-apostrophe)

मेरो भाइ जोनाथन

यहाँ "भाइ"लाई ज्यादै नजिकको मित्र भन्‍ने अर्थमा प्रयोग गरिएको छ ।

मप्रति तिम्रो प्रेम अद्भूत थियो, स्‍त्रीको प्रेमलाई नै माथ गर्ने थियो

यहाँ "प्रेम"लाई मित्रता र इमानदारीता भनेर बुझाउने अर्थमा प्रयोग गरिएको छ । दाऊदप्रतिको जोनाथनको इमानदारीता एउटा स्‍त्रीको आफ्नो पती र छोराछोरीहरूप्रतिको भन्दा पनि बढ्ता थियो ।

शब्द अनुवाद