# युद्धको बिचमा वीरहरू कसरी ढलेका छन् इस्राएलका उत्कृष्ट योद्धाहरू मरे भनेर जोड दिन पद २७मा यो वाक्यांश दोहोर्‍याइएको छ । अर्को अनुवादः "युद्धमा वीर मानिसहरू मरेका छन्" # वीरहरू यहाँ "वीरहरू"ले शाऊल र जोनाथनलाई मात्र, वा इस्राएलका सारा सिपाहीहरूलाई जनाएको हुनसक्छ । अर्को अनुवादः "वीर योद्धाहरू" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-nominaladj]]) # ढलेका छन् यो "मरेका छन्" भनेर बताउने नम्र तरिका हो । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-euphemism]]) # जोनाथन ... मारिएका छन् यसलाई कर्तृवाच्यमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "जोनाथन ... लडाईमा मरेका छन्" अथवा "जोनाथनलाई ... शत्रुहरूले मारेका छन्" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-activepassive]]) # तिम्रो उच्‍च स्थानहरूमा [2 Samuel 1:21](./21.md)मा सुरू गरे जस्तै दाऊदले गीतको यस भागमा गिल्बो डाँडालाई निरन्तर सम्बोधन गर्छन् ।(हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-apostrophe]]) # मेरो भाइ जोनाथन यहाँ "भाइ"लाई ज्यादै नजिकको मित्र भन्‍ने अर्थमा प्रयोग गरिएको छ । # मप्रति तिम्रो प्रेम अद्भूत थियो, स्‍त्रीको प्रेमलाई नै माथ गर्ने थियो यहाँ "प्रेम"लाई मित्रता र इमानदारीता भनेर बुझाउने अर्थमा प्रयोग गरिएको छ । दाऊदप्रतिको जोनाथनको इमानदारीता एउटा स्‍त्रीको आफ्नो पती र छोराछोरीहरूप्रतिको भन्दा पनि बढ्ता थियो । # शब्द अनुवाद * [[rc://*/tw/dict/bible/other/mighty]] * [[rc://*/tw/dict/bible/other/highplaces]] * [[rc://*/tw/dict/bible/kt/love]] * [[rc://*/tw/dict/bible/kt/perish]]