ne_tn/2ki/10/04.md

2.6 KiB

तर तिनीहरू त्रसित भए

"अनि तिनीहरू अति डराए"

दुई जना राजा

"दुई राजा, योराम र अहज्याह"

येहूको सामु ... खडा हुन सकेनन्

यहाँ "खडा" शब्दले समस्‍यमा टिक्‍न सक्‍नु भन्‍ने अर्थ दिन्छ । अर्को अनुवाद: "येहूको विरुद्धमा टिक्‍न सकेनन्" वा "येहूसँग प्रतिरोध गर्न सकेनन्"

हामी कसरी खडा हुन सक्छौँ ?

ती सन्‍तानहरूले आफूहरू येहूको विरुद्ध खडा हुन सक्‍दैनन् भन्‍ने बताउन यो आलंकारिक प्रश्‍न गरे । अर्को अनुवाद: "हामी पनि तिनको विरुद्ध खडा हुन सक्‍दैनौँ!" वा "हामी पनि तिनको प्रतिरोध गर्न सक्‍दैनौँ!" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-rquestion)

सहरका प्रमुखहरू

अर्को अनुवाद: "सहरका बडाहाकिम"

अभिभावकहरू

यसले राजाका सन्‍तानहरूको पालनपोषण गर्ने मानिसहरूलाई जनाउँछ । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-explicit)

तपाईंको दृष्टिमा जे ठिक छ, त्यही गर्नुहोस्

यहाँ येहूको "दृष्टि"ले तिनको "नजर"लाई जनाउँछ । तिनको "नजर"ले तिनले जे सोच्‍छन् त्‍यसलाई जनाउँछ । अर्को अनुवाद: "तपाईंको नजरमा जे ठिक छ, त्यही गर्नुहोस्" वा " तपाईंलाई जे असल लाग्‍छ, त्यही गर्नुहोस्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

शब्द अनुवाद