ne_tn/1pe/02/12.md

2.0 KiB

तिमीहरूको व्यवहार असल होस्

भाववाचक नाउँ “व्‍यवहार”लाई क्रियापदको साथमा अनुवाद गर्न सकिन्‍छ । वैकल्‍पिक अनुवादः “तिमीहरूले असल व्‍यवहार गर्नुपर्छ” वा “तिमीहरूले असल किसिमले व्‍यवहार गर्नुपर्छ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-abstractnouns)

यदि तिनीहरूले तिमीहरूको बारेमा ... को रूपमा कुरा गरे भने

“यदि तिनीहरूले तिमीहरूलाई दोष लगाए भने”

तिनीहरूले तिमीहरूको राम्रा कामहरू देख्न सक्छन्

भाववाचक नाउँ “कामहरू”लाई क्रियापदको साथमा अनुवाद गर्न सकिन्‍छ । वैकल्‍पिक अनुवादः “तिनीहरूले तिमीहरूले गर्ने असल कुराहरू देख्‍न सकून्” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-abstractnouns)

उहाँको आगमनको दिनमा

“त्यो दिन जब उहाँ आउनुहुन्छ ।” यसले परमेश्‍वरले सबै मानिसहरूलाई न्याय गर्ने दिनलाई जनाउँछ । वैकल्पिक अनुवादः “जब उहाँ सबैको न्याय गर्नको निम्ति आउनुहुन्छ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)