ne_tn/1jn/02/27.md

3.0 KiB

जोड्ने कथनः

पद २९ देखि सुरु गरेर, यूहन्‍नाले परमेश्‍वरको राज्यमा जन्मने विषयमा भएको धारणलाई परिचय गराउँछन् । अघिल्‍लो पदले देखाउँछ कि विश्‍वासीहरूले पाप गरिरहन्छन्; यो भागले देखाउँछ कि विश्‍वासीहरूसँग नयाँ स्वभाव पनि हुन्छ, जसले पाप गर्न सक्दैन । विश्‍वासीहरूले एकले अर्कालाई कसरी पहिचान गर्न सक्छन् भनेर देखाउनलाई यसले निरन्तरता दिन्छ ।

तिमीहरूका लागि भने

ख्रीष्‍टको विरुद्धमा भएका मानिसहरूको साटोमा तिनीहरू येशूका अनुयायीहरूको रूपमा कसरी जिउनुपर्छ भन्‍ने बारेमा यूहन्‍नाले तिनीहरूलाई अरू नै केही कुरा बताइरहेको कुरालाई यसले अङ्कित गर्छ ।

अभिषेक

यसले “परमेश्‍वरको आत्मा” लाई जनाउँछ । “अभिषेक”को बारेमा १ यूहन्‍ना २:२० मा भएको टिप्‍पणीलाई हेर्नुहोस् ।

जसरी उहाँको अभिषेकले तिमीहरूलाई सबैकुरा सिकाउँछ

यहाँ “सबैकुरा” शब्द सामान्यकरण हो । वैकल्पिक अनुवादः “किनभने उहाँको अभिषेकले तिमीहरूलाई थाहा हुनुपर्ने सबैकुरा सिकाउँछ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-hyperbole)

उहाँमा रहो

कसैमा रहने कुराले त्यस व्यक्तिसँग निरन्तर सङ्गतिमा रहने कुराको अर्थ दिन्छ । तपाईंले “परमेश्‍वरमा रहन्छ” भन्‍ने कुरालाई १ यूहन्‍ना २:६ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् । वैकल्पिक अनुवादः “उहाँसँग सङ्गति गर्न निरन्तरता देओ” वा “उहाँसँग जोडिएर रहो” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)