# जोड्ने कथनः पद २९ देखि सुरु गरेर, यूहन्‍नाले परमेश्‍वरको राज्यमा जन्मने विषयमा भएको धारणलाई परिचय गराउँछन् । अघिल्‍लो पदले देखाउँछ कि विश्‍वासीहरूले पाप गरिरहन्छन्; यो भागले देखाउँछ कि विश्‍वासीहरूसँग नयाँ स्वभाव पनि हुन्छ, जसले पाप गर्न सक्दैन । विश्‍वासीहरूले एकले अर्कालाई कसरी पहिचान गर्न सक्छन् भनेर देखाउनलाई यसले निरन्तरता दिन्छ । # तिमीहरूका लागि भने ख्रीष्‍टको विरुद्धमा भएका मानिसहरूको साटोमा तिनीहरू येशूका अनुयायीहरूको रूपमा कसरी जिउनुपर्छ भन्‍ने बारेमा यूहन्‍नाले तिनीहरूलाई अरू नै केही कुरा बताइरहेको कुरालाई यसले अङ्कित गर्छ । # अभिषेक यसले “परमेश्‍वरको आत्मा” लाई जनाउँछ । “अभिषेक”को बारेमा [१ यूहन्‍ना २:२०](./20.md) मा भएको टिप्‍पणीलाई हेर्नुहोस् । # जसरी उहाँको अभिषेकले तिमीहरूलाई सबैकुरा सिकाउँछ यहाँ “सबैकुरा” शब्द सामान्यकरण हो । वैकल्पिक अनुवादः “किनभने उहाँको अभिषेकले तिमीहरूलाई थाहा हुनुपर्ने सबैकुरा सिकाउँछ” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-hyperbole]]) # उहाँमा रहो कसैमा रहने कुराले त्यस व्यक्तिसँग निरन्तर सङ्गतिमा रहने कुराको अर्थ दिन्छ । तपाईंले “परमेश्‍वरमा रहन्छ” भन्‍ने कुरालाई [१ यूहन्‍ना २:६](./04.md) मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् । वैकल्पिक अनुवादः “उहाँसँग सङ्गति गर्न निरन्तरता देओ” वा “उहाँसँग जोडिएर रहो” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-metaphor]])