ne_tn/psa/055/010.md

35 lines
4.3 KiB
Markdown
Raw Normal View History

2020-10-27 18:50:58 +00:00
# तिनीहरू ... यसको पर्खालहरूमा चढ्छन्
2020-12-16 17:25:28 +00:00
"हिंसा र संघर्ष ... यसको पर्खालहरूमा चढ्छन् ।" (हेर्नुहोस् : [Psalms 55:9](./008.md)) हिंसा र संघर्षको बारेमा यसरी बताइएको छ कि मानौँ ती मानिसहरू थिए । यसलाई हिंसा र संघर्ष ल्याउने मानिसको बारेमा बताएर व्यक्त गर्न सकिन्छ । अर्को अनुवादः "हिंस्रक र लडाकू भएर मानिसहरू सहरका पर्खालहरूमा हिँड्छन् । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-personification]])
2020-10-27 18:50:58 +00:00
# यसको पर्खालहरूमा
"सहरको पर्खालहरूमाथि ।" सहरहरूलाई शत्रुहरूबाट सुरक्षित राख्‍न यसको वरिपरि बलिया पर्खालहरू थिए । शत्रुहरू सहरमा आउँदैछन् कि भनी हेर्न मानिसहरू पर्खालहरूको टुप्पाहरूमा हिँड्न सक्थे ।
# अधर्म र संकट यसको माझमा छन्
2020-12-16 17:25:28 +00:00
अधर्म र संकट बारे यसरी बताइएको छ कि मानौँ ती मानिसहरू थिए । यसलाई अधर्म गर्ने र संकट ल्याउने मानिसको बारे बताएर व्यक्त गर्न सकिन्छ । अर्को अनुवादः "मानिसहरूले सहरको माझ अधर्म गर्छन् र संकट ल्याउँछन्" वा "मानिसहरूले पापमय कुराहरू गर्छन् र यसमा संकट ल्याउँछन्" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-personification]])
2020-10-27 18:50:58 +00:00
# संकट
"दुःख"
# दुष्टता यसको बिचमा छ
2020-12-16 17:25:28 +00:00
दुष्टताको बारेमा यसरी बताइएको छ कि मानौँ त्यो कुनै मानिस थिए । यसलाई दुष्ट कुराहरू गर्ने मानिसको बारे बताएर व्यक्त गर्न सकिन्छ । अर्को अनुवादः "मानिसहरूले सहरको बिचमा दुष्ट कुराहरू गर्छन्" वा "मानिसहरूले सहरमा थोकहरू नाश गर्छन्" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-personification]])
2020-10-27 18:50:58 +00:00
# थिचोमिचो र छलले यसको सडक छोड्दैन
2020-12-16 17:25:28 +00:00
थिचोमिचो र छलको बारेमा यसरी बताइएको छ कि मानौँ ती मानिसहरू थिए । यसलाई अरूलाई थिचोमिचो र छल गर्ने मानिसहरूको बारे बताएर व्यक्त गर्न सकिन्छ । अर्को अनुवादः "मानिसहरूले सहरका सडकहरूमा अरूहरूलाई थिचोमिचो र छल गर्छन् र तिनीहरूले छोड्दैनन्" वा "मानिसहरूले सहरका सडकहरूमा सधैँ अरूहरूलाई थिचोमिचो र छल गरिरहेका छन्" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-personification]])
2020-10-27 18:50:58 +00:00
# यसको सडक
यसले सहरका बजारहरूलाई जनाउँन सक्छ ।
# शब्द अनुवाद
* [[rc://*/tw/dict/bible/kt/iniquity]]
* [[rc://*/tw/dict/bible/kt/evil]]
* [[rc://*/tw/dict/bible/other/oppress]]
* [[rc://*/tw/dict/bible/other/deceive]]