ne_tn/psa/055/010.md

4.3 KiB

तिनीहरू ... यसको पर्खालहरूमा चढ्छन्

"हिंसा र संघर्ष ... यसको पर्खालहरूमा चढ्छन् ।" (हेर्नुहोस् : Psalms 55:9) हिंसा र संघर्षको बारेमा यसरी बताइएको छ कि मानौँ ती मानिसहरू थिए । यसलाई हिंसा र संघर्ष ल्याउने मानिसको बारेमा बताएर व्यक्त गर्न सकिन्छ । अर्को अनुवादः "हिंस्रक र लडाकू भएर मानिसहरू सहरका पर्खालहरूमा हिँड्छन् । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-personification)

यसको पर्खालहरूमा

"सहरको पर्खालहरूमाथि ।" सहरहरूलाई शत्रुहरूबाट सुरक्षित राख्‍न यसको वरिपरि बलिया पर्खालहरू थिए । शत्रुहरू सहरमा आउँदैछन् कि भनी हेर्न मानिसहरू पर्खालहरूको टुप्पाहरूमा हिँड्न सक्थे ।

अधर्म र संकट यसको माझमा छन्

अधर्म र संकट बारे यसरी बताइएको छ कि मानौँ ती मानिसहरू थिए । यसलाई अधर्म गर्ने र संकट ल्याउने मानिसको बारे बताएर व्यक्त गर्न सकिन्छ । अर्को अनुवादः "मानिसहरूले सहरको माझ अधर्म गर्छन् र संकट ल्याउँछन्" वा "मानिसहरूले पापमय कुराहरू गर्छन् र यसमा संकट ल्याउँछन्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-personification)

संकट

"दुःख"

दुष्टता यसको बिचमा छ

दुष्टताको बारेमा यसरी बताइएको छ कि मानौँ त्यो कुनै मानिस थिए । यसलाई दुष्ट कुराहरू गर्ने मानिसको बारे बताएर व्यक्त गर्न सकिन्छ । अर्को अनुवादः "मानिसहरूले सहरको बिचमा दुष्ट कुराहरू गर्छन्" वा "मानिसहरूले सहरमा थोकहरू नाश गर्छन्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-personification)

थिचोमिचो र छलले यसको सडक छोड्दैन

थिचोमिचो र छलको बारेमा यसरी बताइएको छ कि मानौँ ती मानिसहरू थिए । यसलाई अरूलाई थिचोमिचो र छल गर्ने मानिसहरूको बारे बताएर व्यक्त गर्न सकिन्छ । अर्को अनुवादः "मानिसहरूले सहरका सडकहरूमा अरूहरूलाई थिचोमिचो र छल गर्छन् र तिनीहरूले छोड्दैनन्" वा "मानिसहरूले सहरका सडकहरूमा सधैँ अरूहरूलाई थिचोमिचो र छल गरिरहेका छन्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-personification)

यसको सडक

यसले सहरका बजारहरूलाई जनाउँन सक्छ ।

शब्द अनुवाद