ne_tn/psa/116/012.md

31 lines
4.0 KiB
Markdown
Raw Permalink Normal View History

2020-10-27 18:50:58 +00:00
# सामान्य जानकारीः
यो भजन लेख्‍ने व्यक्ति बोल्‍न जारी राख्छ ।
# परमप्रभुले मेरो निम्‍ति गर्नुभएको सबै भलाइको साटो म कसरी चुक्‍ता गर्न सक्छ र?
परमप्रभुले लेखकको निम्ति गरिदिनुभएको कुराप्रति तिनले कसरी प्रतिक्रिया जनाउनेछन् भनेर बताउन तिनी यो मुख्य प्रश्‍न गर्छन् । यस प्रश्‍नलाई एउटा सामान्य वाक्यको रूपमा अनुवाद गर्न सकिन्छ । अर्को अनुवादः "परमप्रभुले मेरो निम्‍ति गर्नुभएको सबै भलाइको साटो म यसरी चुक्‍ता गर्न सक्छ।" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-rquestion]])
# मुक्‍तिको कचौरा म उठाउनेछु
यसले सायद अर्घ बलिको सङ्‍केत गर्छ, जुन बलिदान थियो जहाँ मद्य वेदीमा खन्याइन्छ । परमप्रभुले तिनलाई बचाउनु भएको बदलामा लेखकले यो चढाउने छन् । यस वाक्यको पुरा अर्थलाई स्पष्ट पार्न सकिन्छ । अर्को अनुवादः "म परमप्रभुलाई अर्घ बलि चढाउनेछु किनभने उहाँले मलाई बचाउनुभयो" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-explicit]])
# परमप्रभुको नाउँको पुकारा गर्नेछु
"नाउँ" शब्दले यहाँ परमप्रभुलाई जनाउँछ । अर्को अनुवादः "परमप्रभुलाई पुकारा गर्नेछु" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metonymy]])
# परमप्रभुको दृष्टिमा उहाँका सन्‍तहरूका मृत्यु बहुमूल्य हुन्छ
2020-12-16 17:25:28 +00:00
"बहुमूल्य" शब्दले यहाँ परमप्रभुले उहाँका सन्तहरूका मृत्यु चाहनुहुन्छ भन्‍ने होइन, तर उहाँका सन्तहरूका मृत्यु उहाँको निम्ति मूल्यवान छ र तिनीहरूको निम्ति उहाँले शोक गर्नुहुन्छ भन्‍ने हो । "दृष्टिमा" ले परमप्रभुले देख्नुहुने कुराहरूप्रतिको उहाँको स्वभावलाई जनाउँछ । यस वाक्यको पुरा अर्थलाई स्पष्ट पार्न सकिन्छ । अर्को अनुवादः "परमप्रभुले उहाँका सन्तहरूको मृत्युलाई मूल्यवान कुरा ठान्‍नुहुन्छ" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-explicit]] र [[rc://*/ta/man/translate/figs-metaphor]])
2020-10-27 18:50:58 +00:00
# शब्द अनुवाद
* [[rc://*/tw/dict/bible/other/raise]]
* [[rc://*/tw/dict/bible/kt/save]]
* [[rc://*/tw/dict/bible/kt/fulfill]]
* [[rc://*/tw/dict/bible/kt/vow]]
* [[rc://*/tw/dict/bible/kt/peopleofgod]]
* [[rc://*/tw/dict/bible/other/precious]]
* [[rc://*/tw/dict/bible/other/death]]
* [[rc://*/tw/dict/bible/kt/saint]]