ne_tn/psa/116/012.md

4.0 KiB

सामान्य जानकारीः

यो भजन लेख्‍ने व्यक्ति बोल्‍न जारी राख्छ ।

परमप्रभुले मेरो निम्‍ति गर्नुभएको सबै भलाइको साटो म कसरी चुक्‍ता गर्न सक्छ र?

परमप्रभुले लेखकको निम्ति गरिदिनुभएको कुराप्रति तिनले कसरी प्रतिक्रिया जनाउनेछन् भनेर बताउन तिनी यो मुख्य प्रश्‍न गर्छन् । यस प्रश्‍नलाई एउटा सामान्य वाक्यको रूपमा अनुवाद गर्न सकिन्छ । अर्को अनुवादः "परमप्रभुले मेरो निम्‍ति गर्नुभएको सबै भलाइको साटो म यसरी चुक्‍ता गर्न सक्छ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-rquestion)

मुक्‍तिको कचौरा म उठाउनेछु

यसले सायद अर्घ बलिको सङ्‍केत गर्छ, जुन बलिदान थियो जहाँ मद्य वेदीमा खन्याइन्छ । परमप्रभुले तिनलाई बचाउनु भएको बदलामा लेखकले यो चढाउने छन् । यस वाक्यको पुरा अर्थलाई स्पष्ट पार्न सकिन्छ । अर्को अनुवादः "म परमप्रभुलाई अर्घ बलि चढाउनेछु किनभने उहाँले मलाई बचाउनुभयो" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-explicit)

परमप्रभुको नाउँको पुकारा गर्नेछु

"नाउँ" शब्दले यहाँ परमप्रभुलाई जनाउँछ । अर्को अनुवादः "परमप्रभुलाई पुकारा गर्नेछु" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

परमप्रभुको दृष्टिमा उहाँका सन्‍तहरूका मृत्यु बहुमूल्य हुन्छ

"बहुमूल्य" शब्दले यहाँ परमप्रभुले उहाँका सन्तहरूका मृत्यु चाहनुहुन्छ भन्‍ने होइन, तर उहाँका सन्तहरूका मृत्यु उहाँको निम्ति मूल्यवान छ र तिनीहरूको निम्ति उहाँले शोक गर्नुहुन्छ भन्‍ने हो । "दृष्टिमा" ले परमप्रभुले देख्नुहुने कुराहरूप्रतिको उहाँको स्वभावलाई जनाउँछ । यस वाक्यको पुरा अर्थलाई स्पष्ट पार्न सकिन्छ । अर्को अनुवादः "परमप्रभुले उहाँका सन्तहरूको मृत्युलाई मूल्यवान कुरा ठान्‍नुहुन्छ" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-explicit]] र [[rc:///ta/man/translate/figs-metaphor]])

शब्द अनुवाद