ne_gl_ne_obs-tn/content/23/07.md

4.3 KiB

सामान्य जानकारी

स्वर्गदूतले बोल्न जारी राखे ।

बालकको खोजिमा जाओँ, र तिमिहरुले एउटा बालकलाई

त्यस बेलाको चलनमा नवजात शिशुहरूलाई लामा कपडाहरूले कसिलोसँग बेह्रिन्थ्यो । यसो भन्‍नु आवश्‍यक हुन सक्छ, “चलनचल्ती अनुसार, लामा कपडाहरूमा बेह्रिएको ।”

जाऊँ बालकलाई खोज र तिमिहरुले बालकलाई कपडा टुक्राले बेरेर डुडँमा सुताई रहेको भेट्टाउने छौ।

यो प्रत्‍यक्ष उद्धरण हो। यसलाई अप्रत्‍यक्ष उद्धरणको रुपमा पनि प्रयोग गर्न सकिन्‍छः "स्‍वर्गदुतले  तिनिहरुलाई गएर बालकको खोजि गर्न भने, र तिनिहरुले बालकलाई लुगाले बेरेर डुडँमा सुताई रहेको भेट्टाए। (See: rc://en/ta/man/translate/figs-quotations)

"

र तिमिहरुले बालकलाई कपडाको टुक्राले बेरेर डुडँमा सुताई रहेको भेट्टाउने छौ

यो जोड्ने शब्‍द "र" ले एक अनुक्रमिक खण्‍डलाई जनाउछ। उनिहरु गए र बालकको खोजि गरिसके पछि तिनिहरुले बालकलाई एउटा कपडाले बेरेर डुडँमा सुताई रहेको भेट्टाउने छन्।(See: rc://en/ta/man/translate/grammar-connect-time-sequential)

कपडाको टुक्राले बेरेको

त्‍यसबेलाको चलनमा नवजात शिशुहरुलाई कपडाको लामो लबेदोमा बेरेर राखिन्‍थ्‍यो। यो भन्‍न आवश्‍यक छ कि, "परमपरागत तरिकामा कपडाको लामो लबेदोले बेरीन्‍थ्‍यो "

खुवाउने डुडँ

यो भन्‍नाले, “जनावरलाई चारो खुवाउने बाकस ।” तपाईंले यसलाई कसरी अनुवाद गर्नु भएको छ २३ः०५ मा हेर्नुहोस्।

स्वर्गदूतहरूले भरियो

यसको अर्थ त्यहाँ यति धेरै स्वर्गदूतहरू थिए कि तिनीहरूले आकाशै भरेको जस्तो देखियो ।

सबै आदर-सम्मान परमेश्‍वरलाई होस्

यसलाई यसरी अनुवाद गर्न सकिन्थ्यो, “हामी सबैले परमेश्‍वरलाई सम्मान गरौँ !” वा, “हाम्रा परमेश्‍वर सबै सम्मान पाउन योग्य हुनुहुन्छ !” वा, “हामी सबैले परमेश्‍वरलाई सम्मान दिन्छौँ !”

पृथ्‍वीमा शान्ति

यसलाई बताउने अर्को तरिका यसो हुन सक्थ्यो, “पृथ्वीमा शान्ति होओस् ।”

उहाँले अनुग्रह गर्नुहुने मानिसहरूलाई

यसलाई यसरी अनुवाद सकिन्छ, “ती मानिसहरूलाई जसलाई परमेश्‍वरले निगाह, खुशी, वा असल अभिप्रायका साथ हेर्नुहुन्छ ।”