ne_gl_ne_obs-tn/content/20/12.md

2.4 KiB

कोरेस

यो नामलाई २०:११ मा कसरी अनुवाद गर्नुभएको थियो, सो हेर्नुहोस् ।

यहूदा

यहूदाको बारेमा २०:११ मा भएको टिप्पणीलाई हेर्नुहोस् ।

यहूदामा फर्केर जा

किनकि धेरैजसो यहूदीहरू यहूदा छोडेका मानिसहरूका छोराछोरीहरू र नातिनातिनीहरू थिए, तिनीहरू पहिला कहिल्यै यहूदामा बसेका थिएनन् । केही भाषाहरूमा यसरी भन्‍नु बढि मिल्ने हुन सक्छ, “यहूदामा जान ।”

उनले तिनीहरूलाई मन्दिरको पुनर्निर्माण गर्नको लागि पैसा पनि दिए !

यो वाक्यले फारसीहरूको राजा कोरेसले यहूदीहरूलाई तिनीहरूको मन्दिरको पुनर्निर्माण गर्नको लागि पैसा दिने जस्तो उदेकलाग्दो तथ्यलाई जोड दिन्छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-exclamations)

सत्तरी वर्ष

यसलाई अक्षरमा पनि लेख्‍न सकिन्थ्योः “७० वर्ष ।” (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-numbers)

निर्वासन

तपाईंले यो शब्दलाई २०:०९ मा कसरी अनुवाद गर्नुभएको थियो, सो हेर्नुहोस् ।

फर्के

अर्थात, “फिर्ता गए ।” केही भाषाहरूले यसरी बताउन रोज्‍न सक्छन्, “गए” किनकि यी मानिसहरूमध्ये धेरैजसो पहिला कहिल्यै यरूशलेममा गएका थिएनन् ।