# कोरेस यो नामलाई [२०:११](20/11) मा कसरी अनुवाद गर्नुभएको थियो, सो हेर्नुहोस् । # यहूदा यहूदाको बारेमा [२०:११](20/11) मा भएको टिप्पणीलाई हेर्नुहोस् । # यहूदामा फर्केर जा किनकि धेरैजसो यहूदीहरू यहूदा छोडेका मानिसहरूका छोराछोरीहरू र नातिनातिनीहरू थिए, तिनीहरू पहिला कहिल्यै यहूदामा बसेका थिएनन् । केही भाषाहरूमा यसरी भन्‍नु बढि मिल्ने हुन सक्छ, “यहूदामा जान ।” # उनले तिनीहरूलाई मन्दिरको पुनर्निर्माण गर्नको लागि पैसा पनि दिए ! यो वाक्यले फारसीहरूको राजा कोरेसले यहूदीहरूलाई तिनीहरूको मन्दिरको पुनर्निर्माण गर्नको लागि पैसा दिने जस्तो उदेकलाग्दो तथ्यलाई जोड दिन्छ । (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-exclamations]]) # सत्तरी वर्ष यसलाई अक्षरमा पनि लेख्‍न सकिन्थ्योः “७० वर्ष ।” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/translate-numbers]]) # निर्वासन तपाईंले यो शब्दलाई [२०:०९](20/09) मा कसरी अनुवाद गर्नुभएको थियो, सो हेर्नुहोस् । # फर्के अर्थात, “फिर्ता गए ।” केही भाषाहरूले यसरी बताउन रोज्‍न सक्छन्, “गए” किनकि यी मानिसहरूमध्ये धेरैजसो पहिला कहिल्यै यरूशलेममा गएका थिएनन् ।