70 lines
9.9 KiB
Markdown
70 lines
9.9 KiB
Markdown
# ३२. येशूले भूतात्मा लागेको मानिस र रोगी स्त्रीलाई निको पार्नुभयो
|
||
|
||
![OBS Image](https://cdn.door43.org/obs/jpg/360px/obs-en-32-01.jpg)
|
||
|
||
एकदिन, येशू र उहाँका चेलाहरू डुङ्गामा चढी समुन्द्रको पारिपट्टि गदरिनी मानिसहरू भएका क्षेत्रमा जानुभयो ।
|
||
|
||
![OBS Image](https://cdn.door43.org/obs/jpg/360px/obs-en-32-02.jpg)
|
||
|
||
जब उहाँहरू तालको पल्लो छेऊमा पुग्नुभयो, एकजना भूतात्मा लागेको मानिस येशूकहाँ दौड्दै आयो ।
|
||
|
||
|
||
|
||
![OBS Image](https://cdn.door43.org/obs/jpg/360px/obs-en-32-03.jpg)
|
||
|
||
यस मानिस यति बलियो थियो, कि कसैले पनि उसलाई सम्हाल्न सक्दैनथ्यो । मानिसहरूले उनको हात र खुट्टाहरू साङ्गलाले बाँधिदिएका थिए, तर उसले ती साङ्गलाहरू चुँडाउने गर्थ्यो ।
|
||
|
||
![OBS Image](https://cdn.door43.org/obs/jpg/360px/obs-en-32-04.jpg)
|
||
|
||
त्यो मानिस त्यस इलाकाको चिहानहरू भएको ठाँउतिर बस्ने गर्थ्यो । त्यो मानिस हरेक दिन-हरेक रात कराउने गर्दथ्यो । उसले कुनै वस्त्र लगाउँदैनथ्यो र आफैँलाई बारम्बार ढुङ्गाले हान्ने गर्दथ्यो ।
|
||
|
||
![OBS Image](https://cdn.door43.org/obs/jpg/360px/obs-en-32-05.jpg)
|
||
|
||
त्यस मानिस येशूकहाँ आएर, उहाँको अघि घोप्टो पर्यो । अनि येशूले त्यस भूतात्मालाई भन्नुभयो, “यस मानिसबाट बाहिर आइज
|
||
|
||
![OBS Image](https://cdn.door43.org/obs/jpg/360px/obs-en-32-06.jpg)
|
||
|
||
भूतात्मा लागेको मानिस चर्को स्वरमा करायो, “ तपाईं मबाट के चाहनुहुन्छ, येशू, परमप्रभु परमेश्वरका पुत्र ? कृपया मलाई नसताउनुहोस्!" अनि येशुले भूतात्मालाई सोध्नुभयो, "तिम्रो नाम के हो?" त्यसले जवाफ दियो, "मेरो नाम सेनाहो किनकि हामि धेरै छौ।"
|
||
|
||
![OBS Image](https://cdn.door43.org/obs/jpg/360px/obs-en-32-07.jpg)
|
||
|
||
ती भूतात्माहरूले येशूलाई बिन्ती गरे, “कृपया हामीलाई यस इलाकाबाट बाहिर ननिकाल्नुहोस्!" नजिकैको डाँडामा सुँगुरहरुको बथान थियो। त्यसैले भूतात्माहरुले येशुलाई बिन्ति गरे, "कृपया हामिहरुलाई सुँगुरमा पठाउनुहोस्। येशुले भन्नुभयो, "ठिक छ, उनिहरुमा जाओ।"
|
||
|
||
![OBS Image](https://cdn.door43.org/obs/jpg/360px/obs-en-32-08.jpg)
|
||
|
||
ती भूतहरू त्यस मानिसबाट बाहिर आए र सुंगुरहरू भित्र पसे । ती सुंगुरहरू हुर्रिदै भीरबाट समुन्द्रमा खसे र डुबे । त्यस बथानमा करिब २,००० सुंगुरहरू थिए ।।
|
||
|
||
![OBS Image](https://cdn.door43.org/obs/jpg/360px/obs-en-32-09.jpg)
|
||
|
||
जब ती सुंगुरहरूको हेरचाह गर्ने मानिसहरूले त्यस घटना देखे, तिनीहरू बस्तीतिर भागे अनि सबैजनालाई येशूले गर्नुभएको काम बताइदिए । मानिसहरू त्यस बस्तीबाट निस्केर आए र भूतात्माहरू भएको त्यस मानिसलाई देखे । उनी शान्तसँग बसिरहेका थिए, लुगा लगाएका थिए, र साधारण मानिस जसरी व्यवहार गरिरहेका थिए ।
|
||
|
||
![OBS Image](https://cdn.door43.org/obs/jpg/360px/obs-en-32-10.jpg)
|
||
|
||
मानिसहरू अति डराएका थिए त्यसैले तिनीहरूले येशूलाई त्यहाँबाट निस्कीजान आग्रह गरे । त्यसैले येशू डुंङ्गामा पस्नुभयो र जानको निम्ति तयार हुनुभयो । भूतात्मा लागेको त्यस मानिसले पनि येशूसँगै जान बिन्ती गर्यो ।
|
||
|
||
![OBS Image](https://cdn.door43.org/obs/jpg/360px/obs-en-32-11.jpg)
|
||
|
||
तर येशूले त्यस मानिसलाई भन्नुभयो, “होइन, तिमी आफ्नो घर फर्केर जाऊ अनि आफ्ना मित्रहरू र परिवारलाई परमेश्वरले तिम्रा लागि गर्नुभएका सबै कार्यहरू र कसरी उहाँले तिमीमाथि दया देखाउनुभयो सो उनीहरूलाई बताइदेऊ भनी म चाहन्छु ।”
|
||
|
||
![OBS Image](https://cdn.door43.org/obs/jpg/360px/obs-en-32-12.jpg)
|
||
|
||
त्यसैले त्यस मानिस त्यहाँबाट गयो र सबैलाई येशूले उसको निम्ति गर्नुभएको कार्यको बखान गर्यो । उसको कथा सुन्ने सबैजना आश्चर्यचकित भए र छक्क परे ।
|
||
|
||
![OBS Image](https://cdn.door43.org/obs/jpg/360px/obs-en-32-13.jpg)
|
||
|
||
येशू समुन्द्रको पारिपट्टि फर्कनुभयो । उहाँ त्यस ठाउँमा आउनुभएपछि, एउटा ठूलो भीड उहाँको चारैतिर जम्मा भयो अनि उहाँलाई घेरेर धकेल्न लागे । त्यस भीडमा एकजना स्त्री थिइन् जसले बाह्र वर्षसम्म रक्तस्राबको पीडा भोगिरहेकी थिइन् । उनले आफ्नो सारा पैसा निको हुनको निम्ति वैद्यहरूलाई तिरिसकेकी थिइन् तर उनको अवस्था झन् जटिल हुँदै थियो ।
|
||
|
||
![OBS Image](https://cdn.door43.org/obs/jpg/360px/obs-en-32-14.jpg)
|
||
|
||
येशूले धेरै रोगी मानिसहरूलाई निको पार्नुभएको थियो भन्ने कुरा तिनले सुनेकी थिइन् । तिनले सोचिन्, “मलाई निश्चय छ, कि यदि मैले येशूको वस्त्र मात्र छुन सकेँ भनेपनि, म निको हुनेछु!" त्यसैले उनि येशुको पछि आएर उहाँको वस्त्र छोईन्। अनि तुरुन्त उसको रगत बग्ने बन्द भइहाल्यो।
|
||
|
||
![OBS Image](https://cdn.door43.org/obs/jpg/360px/obs-en-32-15.jpg)
|
||
|
||
तुरुन्तै, येशूले आफ्नो शक्ति उहाँबाट निस्केर गएको चाल पाउनुभयो । त्यसैले उहाँ पछाडि फर्कनुभयो र सोध्नुभयो, “मलाई कसले छोयो ?” चेलाहरूले जवाफ दिए, “तपाईंको वरिपरि मानिसहरूका भीड छन्, जसले घचेट्दैछन् र ठेलमठेला गरिरहेकाछन् र पनि मलाई कसले छोयो भनी किन सोध्नुहुन्छ ?”
|
||
|
||
![OBS Image](https://cdn.door43.org/obs/jpg/360px/obs-en-32-16.jpg)
|
||
|
||
त्यस स्त्री येशूको अघि काँप्दै र अति डराउँदै घोप्टो परिन् । अनि उनले के गरेको सो उहाँलाई बताइदिइन् र उनी निको भएको कुरा बताइदिइन् । येशूले उनलाई भन्नुभयो, “तिम्रो विश्वासले तिमीलाई निको पारेको छ । शान्तसित जाऊ ।”
|
||
|
||
__बाइबलको कथा: मत्ती ८:२८-३४; ९:२०-२२; मर्कूस ५:१-२०; ५:२४(ख)-३४; लूका ८:२६-३९; ८:४२(ख)-४८ बाट__
|