यस मानिस यति बलियो थियो, कि कसैले पनि उसलाई सम्हाल्न सक्दैनथ्यो । मानिसहरूले उनको हात र खुट्टाहरू साङ्गलाले बाँधिदिएका थिए, तर उसले ती साङ्गलाहरू चुँडाउने गर्थ्यो ।
त्यो मानिस त्यस इलाकाको चिहानहरू भएको ठाँउतिर बस्ने गर्थ्यो । त्यो मानिस हरेक दिन-हरेक रात कराउने गर्दथ्यो । उसले कुनै वस्त्र लगाउँदैनथ्यो र आफैँलाई बारम्बार ढुङ्गाले हान्ने गर्दथ्यो ।
भूतात्मा लागेको मानिस चर्को स्वरमा करायो, “ तपाईं मबाट के चाहनुहुन्छ, येशू, परमप्रभु परमेश्वरका पुत्र ? कृपया मलाई नसताउनुहोस्!" अनि येशुले भूतात्मालाई सोध्नुभयो, "तिम्रो नाम के हो?" त्यसले जवाफ दियो, "मेरो नाम सेनाहो किनकि हामि धेरै छौ।"
जब ती सुंगुरहरूको हेरचाह गर्ने मानिसहरूले त्यस घटना देखे, तिनीहरू बस्तीतिर भागे अनि सबैजनालाई येशूले गर्नुभएको काम बताइदिए । मानिसहरू त्यस बस्तीबाट निस्केर आए र भूतात्माहरू भएको त्यस मानिसलाई देखे । उनी शान्तसँग बसिरहेका थिए, लुगा लगाएका थिए, र साधारण मानिस जसरी व्यवहार गरिरहेका थिए ।
मानिसहरू अति डराएका थिए त्यसैले तिनीहरूले येशूलाई त्यहाँबाट निस्कीजान आग्रह गरे । त्यसैले येशू डुंङ्गामा पस्नुभयो र जानको निम्ति तयार हुनुभयो । भूतात्मा लागेको त्यस मानिसले पनि येशूसँगै जान बिन्ती गर्यो ।
तर येशूले त्यस मानिसलाई भन्नुभयो, “होइन, तिमी आफ्नो घर फर्केर जाऊ अनि आफ्ना मित्रहरू र परिवारलाई परमेश्वरले तिम्रा लागि गर्नुभएका सबै कार्यहरू र कसरी उहाँले तिमीमाथि दया देखाउनुभयो सो उनीहरूलाई बताइदेऊ भनी म चाहन्छु ।”
येशू समुन्द्रको पारिपट्टि फर्कनुभयो । उहाँ त्यस ठाउँमा आउनुभएपछि, एउटा ठूलो भीड उहाँको चारैतिर जम्मा भयो अनि उहाँलाई घेरेर धकेल्न लागे । त्यस भीडमा एकजना स्त्री थिइन् जसले बाह्र वर्षसम्म रक्तस्राबको पीडा भोगिरहेकी थिइन् । उनले आफ्नो सारा पैसा निको हुनको निम्ति वैद्यहरूलाई तिरिसकेकी थिइन् तर उनको अवस्था झन् जटिल हुँदै थियो ।
येशूले धेरै रोगी मानिसहरूलाई निको पार्नुभएको थियो भन्ने कुरा तिनले सुनेकी थिइन् । तिनले सोचिन्, “मलाई निश्चय छ, कि यदि मैले येशूको वस्त्र मात्र छुन सकेँ भनेपनि, म निको हुनेछु!" त्यसैले उनि येशुको पछि आएर उहाँको वस्त्र छोईन्। अनि तुरुन्त उसको रगत बग्ने बन्द भइहाल्यो।
तुरुन्तै, येशूले आफ्नो शक्ति उहाँबाट निस्केर गएको चाल पाउनुभयो । त्यसैले उहाँ पछाडि फर्कनुभयो र सोध्नुभयो, “मलाई कसले छोयो ?” चेलाहरूले जवाफ दिए, “तपाईंको वरिपरि मानिसहरूका भीड छन्, जसले घचेट्दैछन् र ठेलमठेला गरिरहेकाछन् र पनि मलाई कसले छोयो भनी किन सोध्नुहुन्छ ?”
त्यस स्त्री येशूको अघि काँप्दै र अति डराउँदै घोप्टो परिन् । अनि उनले के गरेको सो उहाँलाई बताइदिइन् र उनी निको भएको कुरा बताइदिइन् । येशूले उनलाई भन्नुभयो, “तिम्रो विश्वासले तिमीलाई निको पारेको छ । शान्तसित जाऊ ।”