45 lines
5.5 KiB
Markdown
45 lines
5.5 KiB
Markdown
# यदि अरूहरूले ... दाबी गर्छन् भने, के हामीले झन् धेरै गर्नुपर्दैन र ?
|
|
|
|
पावलले एउटा प्रश्न सोध्छन् ताकि तिनले के भन्दै छन् भनी तिनले भन्नु नपरिकनै कोरिन्थीहरूले सो कुराबारे विचार गर्नेछन् । यहाँ “हामी” ले पावल र बारनाबासलाई जनाउँछ । वैकल्पिक अनुवादः “तिमीहरूबाट अरूहरूले ... दाबी गर्छन्, त्यसैले मैले तिमीहरूलाई नभने पनि तिमीहरू जान्दछौ कि हामीसित झन् धेरै यो अधिकार छ ।” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-exclusive]] अनि [[rc://*/ta/man/translate/figs-rquestion]])
|
|
|
|
# यदि अरूहरूले यो हकको दाबी गरे भने
|
|
|
|
पावल र कोरिन्थीहरू दुवै जान्दछन् कि अरूहरूले यो हकको दाबी गरे । “किनकि अरूहरूले यो हकको दाबी गरे”
|
|
|
|
# अन्यहरू
|
|
|
|
सुसमाचारका अन्य कामदारहरू
|
|
|
|
# यो हक
|
|
|
|
कोरिन्थमा भएका विश्वासीहरूले तिनीहरूलाई सुसमाचार सुनाउनेहरूको जीविकोपार्जनको खर्चहरू जुटाउन लगाउने हक
|
|
|
|
# ... लाई बाधा हुन
|
|
|
|
“ ... लाई बोझ हुन” वा “त्यसको फैलावटलाई रोक्न”
|
|
|
|
# के मन्दिरमा सेवा गर्नेहरूले मन्दिरबाट नै तिनीहरूका खानेकुरा पाउँछन् भन्ने तिमीहरूलाई थाहा छैन ?
|
|
|
|
कोरिन्थीहरूले जे जानेका छन् सो पावलले तिनीहरूलाई स्मरण गराउँछन्, ताकि तिनले नयाँ जानकारी थप गर्न सकुन् । वैकल्पिक अनुवादः “मन्दिरमा सेवा गर्नेहरूले मन्दिरबाट नै तिनीहरूका खानेकुरा पाउँछन् भनी म तिमीहरूलाई स्मरण गराउन चाहन्छु ।” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-rquestion]])
|
|
|
|
# के वेदीमा सेवा गर्नेले वेदीमा चढाइएको कुराको हिस्सा पाउँछन् भन्ने तिमीहरूलाई थाहा छैन ?
|
|
|
|
कोरिन्थीहरूले जे जानेका छन् सो पावलले तिनीहरूलाई स्मरण गराउँछन्, ताकि तिनले नयाँ जानकारी थप गर्न सकुन् । वैकल्पिक अनुवादः “मानिसहरूले वेदीमा चढाएका खानेकुरा र मासुको केही हिस्सा वेदीमा सेवा गर्नेले प्राप्त गर्छन् भनी म तिमीहरूलाई स्मरण गराउँन चाहन्छु ।” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-rquestion]])
|
|
|
|
# तिनीहरूको जीविकोपार्जन सुसमाचारबाटै पाउनु
|
|
|
|
यहाँ “सुसमाचार” शब्द लक्षणार्थ हो १) तिनीहरूले सुसमाचार सुनाउने मानिसहरूलाई, “जसलाई तिनीहरूले सुसमाचार सिकाउँछन्, तिनीहरूबाट नै आफ्नो खानेकुरा र आफूहरूलाई आवश्यक पर्ने अरू थोकहरू प्राप्त गर्न” वा २) सुसमाचार सुनाउने कामको परिणामस्वरूप, “तिनीहरूलाई खाँचो पर्ने खानेकुरा र अरू थोकहरू प्राप्त गर्न किनभने सुसमाचार सुनाउनलाई तिनीहरूले काम गर्छन् ।” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-metonymy]])
|
|
|
|
# अनुवादका शब्दहरू
|
|
|
|
* [[rc://*/tw/dict/bible/other/endure]]
|
|
* [[rc://*/tw/dict/bible/kt/goodnews]]
|
|
* [[rc://*/tw/dict/bible/kt/christ]]
|
|
* [[rc://*/tw/dict/bible/other/know]]
|
|
* [[rc://*/tw/dict/bible/other/serve]]
|
|
* [[rc://*/tw/dict/bible/kt/temple]]
|
|
* [[rc://*/tw/dict/bible/kt/altar]]
|
|
* [[rc://*/tw/dict/bible/kt/command]]
|
|
* [[rc://*/tw/dict/bible/other/proclaim]]
|
|
* [[rc://*/tw/dict/bible/kt/life]]
|