# यदि अरूहरूले ... दाबी गर्छन् भने, के हामीले झन् धेरै गर्नुपर्दैन र ? पावलले एउटा प्रश्‍न सोध्‍छन् ताकि तिनले के भन्‍दै छन् भनी तिनले भन्‍नु नपरिकनै कोरिन्थीहरूले सो कुराबारे विचार गर्नेछन् । यहाँ “हामी” ले पावल र बारनाबासलाई जनाउँछ । वैकल्‍पिक अनुवादः “तिमीहरूबाट अरूहरूले ... दाबी गर्छन्, त्यसैले मैले तिमीहरूलाई नभने पनि तिमीहरू जान्‍दछौ कि हामीसित झन् धेरै यो अधिकार छ ।” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-exclusive]] अनि [[rc://*/ta/man/translate/figs-rquestion]]) # यदि अरूहरूले यो हकको दाबी गरे भने पावल र कोरिन्थीहरू दुवै जान्दछन् कि अरूहरूले यो हकको दाबी गरे । “किनकि अरूहरूले यो हकको दाबी गरे” # अन्यहरू सुसमाचारका अन्य कामदारहरू # यो हक कोरिन्थमा भएका विश्‍वासीहरूले तिनीहरूलाई सुसमाचार सुनाउनेहरूको जीविकोपार्जनको खर्चहरू जुटाउन लगाउने हक # ... लाई बाधा हुन “ ... लाई बोझ हुन” वा “त्यसको फैलावटलाई रोक्‍न” # के मन्‍दिरमा सेवा गर्नेहरूले मन्‍दिरबाट नै तिनीहरूका खानेकुरा पाउँछन् भन्‍ने तिमीहरूलाई थाहा छैन ? कोरिन्थीहरूले जे जानेका छन् सो पावलले तिनीहरूलाई स्‍मरण गराउँछन्, ताकि तिनले नयाँ जानकारी थप गर्न सकुन् । वैकल्‍पिक अनुवादः “मन्‍दिरमा सेवा गर्नेहरूले मन्‍दिरबाट नै तिनीहरूका खानेकुरा पाउँछन् भनी म तिमीहरूलाई स्‍मरण गराउन चाहन्‍छु ।” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-rquestion]]) # के वेदीमा सेवा गर्नेले वेदीमा चढाइएको कुराको हिस्‍सा पाउँछन् भन्‍ने तिमीहरूलाई थाहा छैन ? कोरिन्थीहरूले जे जानेका छन् सो पावलले तिनीहरूलाई स्‍मरण गराउँछन्, ताकि तिनले नयाँ जानकारी थप गर्न सकुन् । वैकल्‍पिक अनुवादः “मानिसहरूले वेदीमा चढाएका खानेकुरा र मासुको केही हिस्‍सा वेदीमा सेवा गर्नेले प्राप्‍त गर्छन् भनी म तिमीहरूलाई स्‍मरण गराउँन चाहन्‍छु ।” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-rquestion]]) # तिनीहरूको जीविकोपार्जन सुसमाचारबाटै पाउनु यहाँ “सुसमाचार” शब्‍द लक्षणार्थ हो १) तिनीहरूले सुसमाचार सुनाउने मानिसहरूलाई, “जसलाई तिनीहरूले सुसमाचार सिकाउँछन्, तिनीहरूबाट नै आफ्‍नो खानेकुरा र आफूहरूलाई आवश्‍यक पर्ने अरू थोकहरू प्राप्‍त गर्न” वा २) सुसमाचार सुनाउने कामको परिणामस्‍वरूप, “तिनीहरूलाई खाँचो पर्ने खानेकुरा र अरू थोकहरू प्राप्‍त गर्न किनभने सुसमाचार सुनाउनलाई तिनीहरूले काम गर्छन् ।” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-metonymy]]) # अनुवादका शब्‍दहरू * [[rc://*/tw/dict/bible/other/endure]] * [[rc://*/tw/dict/bible/kt/goodnews]] * [[rc://*/tw/dict/bible/kt/christ]] * [[rc://*/tw/dict/bible/other/know]] * [[rc://*/tw/dict/bible/other/serve]] * [[rc://*/tw/dict/bible/kt/temple]] * [[rc://*/tw/dict/bible/kt/altar]] * [[rc://*/tw/dict/bible/kt/command]] * [[rc://*/tw/dict/bible/other/proclaim]] * [[rc://*/tw/dict/bible/kt/life]]