Door43-Catalog_ne_tn/1co/09/09.md

3.4 KiB

नलगाओ

इस्राएलीहरू एक जना व्यक्ति हुन् झैँ गरी मोशाले तिनीहरूसँग कुरा गर्दै छन्, यसैले यो आज्ञा एकवचनमा छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-you)

के परमेश्‍वरले साँच्‍चै गोरुहरूको वास्ता गर्नुहुन्छ ?

पावलले एउटा प्रश्‍न सोध्‍छन् ताकि तिनले के भन्‍दै छन् भनी तिनले भन्‍नु नपरिकनै कोरिन्थीहरूले सो कुराबारे विचार गर्नेछन् । वैकल्‍पिक अनुवादः “मैले तिमीहरूलाई नभने पनि तिमीहरूले जान्‍नुपर्छ कि परमेश्‍वरले सबैभन्‍दा धेरै वास्‍ता गर्ने भनेको गोरु होइन ।” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)

के उहाँले हामीहरूका निम्ति नै यो बोलिरहनुभएको छैन र ?

पावलले आफूले बताउँदै गरेको भनाइलाई जोड दिनका लागि तिनले एउटा प्रश्‍न सोध्‍छन् । वैकल्पिक अनुवादः “बरू, परमेश्‍वरले हाम्रै बारेमा भन्दै हुनुहुन्थ्यो ।” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)

हाम्रो बारेमा

यहाँ “हामीलाई”ले पावल र बारनाबासलाई जनाउँछ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-exclusive)

तिमीहरूबाट भौतिक कुराहरूको कटनी गर्ने काम हाम्रो निम्ति अति भयो र ?

पावलले एउटा प्रश्‍न सोध्‍छन् ताकि तिनले के भन्‍दै छन् भनी तिनले भन्‍नु नपरिकनै कोरिन्थीहरूले सो कुराबारे विचार गर्नेछन् । वैकल्पिक अनुवादः “मैले तिमीहरूलाई नभने पनि तिमीहरूले जान्‍नुपर्छ कि तिमीहरूबाट हामीले भौतिक खाँचो प्राप्‍त गर्दा हामीले अति गरेको हुँदैन ।” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)

अनुवादका शब्‍दहरू