Door43-Catalog_ne_tn/1co/09/07.md

4.2 KiB

कसले आफ्नै खर्चमा सिपाहीको रूपमा सेवा गर्छ ?

पावलले भनेका कुरामा कोरिन्थीहरू सहमत हुन्‍छन् भनी तिनले जानेका हुनाले जोड दिनका लागि तिनले एउटा प्रश्‍नको प्रयोग गर्छन् । वैकल्पिक अनुवादः “कुनै सिपाहीले पनि आफ्‍नो लागि खाँचो पर्ने कुरा आफैँले किन्‍नुपर्दैन भनी हामी सबै जान्‍दछौँ ।” वा “हामी सबै जान्दछौँ कि हरेक सिपाहीले आफ्‍नो खाँचोहरू सरकारबाट पाउँछ ।” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion).

कसले दाखबारी लगाएर त्यसको फल खाँदैन र ?

पावलले भनेका कुरामा कोरिन्थीहरू सहमत हुन्‍छन् भनी तिनले जानेका हुनाले जोड दिनका लागि तिनले एउटा प्रश्‍नको प्रयोग गर्छन् । वैकल्पिक अनुवादः “हामी सबैलाई थाहा छ कि दाखबारी लाउनेले सधैँ त्यसको फल खान्छ ।” वा “हामी सबैलाई थाहा छ कि दाखबारी लगाउने कसैले त्यसको फल नखाला भनेर कसैले पनि सोच्दैन ।” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)

अथवा कसले गाईवस्तु पालेर तिनीहरूबाट दूध पिउँदैन र ?

पावलले भनेका कुरामा कोरिन्थीहरू सहमत हुन्‍छन् भनी तिनले जानेका हुनाले जोड दिनका लागि तिनले एउटा प्रश्‍नको प्रयोग गर्छन् । वैकल्पिक अनुवादः “हामी सबै जान्दछौँ कि गाईवस्तु पाल्नेहरूले दूध ती नै गाईवस्तुबाट पाउँछन् ।” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)

के मैले यी कुराहरू मानवीय अधिकारको आधारमा भनिरहेको छु ?

पावलले कोरिन्थीहरूलाई शर्ममा पार्न खोज्‍दै छन् । वैकल्‍पिक अनुवादः “यी कुरा मैले मानवीय अधिकारको आधारमा मात्र भनिरहेको छु भनी तिमीहरूले विचार गरे झैँ लाग्‍छ ।” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)

के व्यवस्थाले पनि यसै गर भन्दैन र ?

पावलले कोरिन्थीहरूलाई शर्ममा पार्न खोज्‍दै छन् । वैकल्‍पिक अनुवादः “व्यवस्थामा यही कुरा लेखिएको छ भनी तिमीहरूले नजानेको झैँ गरी तिमीहरू व्यवहार गर्छौ ।” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)

अनुवादका शब्‍दहरू