Door43-Catalog_ne_tn/1co/01/12.md

2.8 KiB

तिमीहरू हरेकले भन्छौ

पावलले यहाँ विभाजनको प्रवृत्तिलाई अङ्‌कित गर्दै छन् ।

के ख्रीष्‍ट बाँडिनुभएको छ र ?

पावल ख्रीष्‍ट विभाजित हुनुभएको छैन तर एक हुनुहुन्छ भन्‍ने सत्यतामा जोड दिन इच्छा गर्छन् । “तिमीहरूले गरिरहे जसरी ख्रीष्‍टलाई विभाजन गर्न सम्भव छैन !” (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-rquestion]] अनि [[rc:///ta/man/translate/figs-activepassive]])

के पावल तिमीहरूका निम्ति क्रुसमा टाँगिए र ?

ख्रीष्‍ट क्रुसमा टाँगिनुभएको थियो, पावल वा अपोल्लोस होइन भन्‍ने कुरामा पावल जोड दिन्छन् । यसलाई कर्तृ वाच्यमा पनि अनुवाद गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “तिमीहरूको मुक्तिको लागि उनीहरूले पावललाई क्रुसमा मारेका होइनन्” (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-rquestion]] अनि [[rc:///ta/man/translate/figs-activepassive]])

के तिमीहरूले पावलको नाउँमा बप्‍तिस्मा लियौ र ?

हामी सबै जनाले ख्रीष्‍टको नाउँमा बप्‍तिस्मा लिएको हो भन्‍ने कुरामा पावल जोड दिन्छन् । यसलाई कर्तृ वाच्यमा पनि अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “मानिसहरूले तिमीहरूलाई पावलको नाउँमा बप्‍तिस्मा दिएका होइनन् !” (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-rquestion]] अनि [[rc:///ta/man/translate/figs-activepassive]])

अनुवादका शब्‍दहरू