Door43-Catalog_ne_tn/rom/10/intro.md

3.3 KiB

रोमीहरू १० सामान्य टिपोटहरू

संरचना र ढाँचा

केही अनुवादहरूले पुरानो करारका उद्धरणहरूलाई अलग राख्‍न रोज्‍छन् । यूएलबी र अरू धेरै अङ्ग्रजी अनुवादहरूले १०:८, १८-२० का पङ्क्तिहरूलाई अलग राख्‍छन्, जुन पुरानो करारबाटका उद्धरणहरू हुन् ।

यस अध्यायमा भएका विशेष अवधारणाहरू

परमेश्‍वरको धार्मिकता

पावलले यहाँ सिकाउँछन् कि जबकि सबै यहूदीहरू तिनीहरूका विश्‍वासमा जोसिला छन्, तिनीहरूले धार्मिकता पाएनन् । परमेश्‍वरको धार्मिकतालाई कमाउन सकिँदैन, यो विश्‍वासद्वारा ख्रीष्‍टबाट दिइनुपर्छ । (हेर्नुहोस्ः [[rc:///tw/dict/bible/kt/righteous]] अनि [[rc:///tw/dict/bible/kt/faith]])

यस अध्यायमा भएका महत्त्वपूर्ण भाषाका अलङ्कारहरू

आलङ्कारिक प्रश्‍नहरू

पावलले धेरै आलङ्कारिक प्रश्‍नहरूको प्रयोग उनको पाठकलाई यो कुरा मनाउनको लागि गर्छन् कि उद्धार चाहिँ हिब्रू मानिसहरूमा मात्रै सीमित नभएको कारण, ख्रीष्‍टिएनहरू सारा संसारमा गएर सुसमाचार बाँड्नलाई तयार हुनुपर्छ । (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-rquestion]] अनि [[rc:///tw/dict/bible/kt/save]])

यस अध्यायमा भएका अनुवादका अन्य सम्भाव्य कठिनाइहरू

“म तिमीहरूलाई जो एउटा जाति नै होइन त्यसद्वारा डाह गर्ने तुल्याउनेछु”

यो अगमवाणीले व्याख्या गर्छ कि मण्‍डलीको एउटा काम भनेको हिब्रू मानिसहरूलाई डाही तुल्याउने हो ताकि तिनीहरू परमेश्‍वरको आराधना गर्न फर्कून । यो भविष्‍यमा हुनेछ । (हेर्नुहोस्ः [[rc:///tw/dict/bible/kt/prophet]], [[rc:///tw/dict/bible/kt/jealous]] अनि rc://*/ta/man/translate/figs-explicit)

सम्बन्धित खण्‍डहरूः

<< | >>