Door43-Catalog_ne_tn/rom/10/01.md

2.6 KiB

जोड्ने कथन:

इजरायलले विश्‍वास गरोस भन्ने उनको चाहनालाई पावलले औँल्याइरहेका छन् तर ती यहूदीहरूलगायत सबैले येशूमा विश्वास गरेर मात्र मुक्ति पाउन सकिन्छ भनेर जोड दिए ।

भाइहरू हो

यहाँ यसको अर्थ हुन्छः सङ्गी ख्रीष्‍टियानहरू, जसमा पुरुष र स्‍त्री दुवै पर्छन् ।

मेरो हृदयको इच्छा

“मेरो सर्वोत्कृष्‍ट इच्छा”

तिनीहरूका लागि र तिनीहरूको उद्धारको निम्ति हो

“परमेश्‍वरले यहूदीहरूलाई बचाउनुहुन्छ भन्‍ने हो”

म उनीहरूको बारेमा गवाही दिन्छु

"म उनीहरूको बारेमा सत्य घोषणा गर्दछु"

किनकि तिनीहरूले परमेश्वरको धार्मिकता जान्दैनन्

यहाँ "धार्मिकताले परमेश्वरलाई मानिसहरुसंग आफुसंग राख्ने तरिकालाई जनाउँछ । तपाईंले अनुवादमा यो कुरा स्पष्ट गरी सक्नुहुनेछ । वैकल्‍पिक अनुवादः"किनकि उनीहरु जान्दैनन् कि मानिसहरूलाई कसरी परमेश्वर आफैंमा राख्नुहुन्छ" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

तिनीहरूले परमेश्वरको धार्मिकताको अधीनता स्वीकारेनन्

"उनीहरूले आफैंलाई धर्मी बनाउने परमेश्वरको तरिकालाई स्वीकार गरेनन्"

अनुवादका शब्‍दहरू