Door43-Catalog_ne_tn/rom/02/intro.md

5.9 KiB

रोमीहरू 02 सामान्य टिपोटहरू

संरचना र ढाँचा

यो अध्यायले आफ्‍नो श्रोताहरूलाई रोमी ख्रीष्‍टिएनहरूबाट “न्याय” गर्ने र येशूमा विश्‍वास नगर्ने मानिसहरूमा सार्छ । (हेर्नुहोस्ः [[rc:///tw/dict/bible/kt/judge]] अनि [[rc:///tw/dict/bible/kt/believe]])

“त्यसैकारण तिमीहरूसँग कुनै बहाना छैन”

यस अध्यायले फर्केर अध्याय १ मा भएको भएको कुरालाई हेर्छ, र केही तरिकाहरूमा, यो वास्तवमा अध्याय १ मा भएको तर्कको निष्‍कर्ष हो । यो पदावलीले संसारमा भएको सबैजनाले साँचो परमेश्‍वरको आराधना गर्न किन जरुरी छ भनेर व्याख्या गर्छ ।

यस अध्यायमा भएका विशेष अवधारणाहरू

“व्यवस्‍थाको आज्ञापालन गर्नेहरू”

यो व्यवस्‍थाको पालना गर्नेहरू होइन जसलाई त्यसप्रतिको आज्ञापालनद्वारा धर्मी ठहराइनेछ । त्यो तिनीहरू हुन् जसले दिलोज्यानले मोशाको व्यवस्‍थालाई पछ्याउन कोसिस गर्छन् जसलाई यसले प्रदर्शित गरेको विश्‍वासद्वारा धर्मी ठहराइनेछ । (हेर्नुहोस्ः [[rc:///tw/dict/bible/kt/justify]] अनि [[rc:///tw/dict/bible/kt/lawofmoses]])

यस अध्यायमा भएका महत्त्वपूर्ण भाषाका अलङ्कारहरू

आलङ्कारिक प्रश्‍नहरू

यिनीहरूलाई यस अध्यायमा बारम्बार प्रयोग गरिएको छ । यस्तो देखिन्छ कि यी आलङ्कारिक प्रश्‍नहरू प्रयोग गर्नुको अभिप्राय भनेको पाठकलाई दोषी अनुभव गराउनु वा तिनीहरूको पापको बोध गराउनु र आखिरीमा तिनीहरूलाई येशूमा विश्‍वास गर्न ल्याउनु हो । (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-rquestion]], [[rc:///tw/dict/bible/kt/guilt]], [[rc:///tw/dict/bible/kt/sin]] अनि [[rc:///tw/dict/bible/kt/faith]])

परिकल्पित परिस्थिति

सन्दर्भको प्रकाशमा, “उहाँले अनन्त जीवन दिनुहनेछ” भन्‍ने कुरा परिकल्पित भनाइ हो । यदि कुनै व्यक्तिले सिद्ध जीवन जिउन सक्थ्यो भने, तिनीहरूले अनन्त जीवनलाई पुरस्कारको रूपमा जित्‍ने थिए । केवल येशू मात्र सिद्ध जीवन जिउन सक्षम हुनुहुन्थ्यो । २:१७-२९ मा त्यहाँ एउटा परिकल्पित परिस्थिति छ । यो परिस्थितिले व्याख्या गर्छ कि मोशाको व्यवस्‍थालाई दिलोज्यानले पालना गर्न खोज्‍नेहरू पनि व्यवस्‍था भङ्ग गरेको भनेर दोषी छन् । अङग्रेजीमा, यो भनेको व्यवस्‍थाको “अक्षर”लाई पछ्याउनेहरू हुन् जसले व्यवस्‍थाको “आत्मा” वा साधारण सिद्धान्तहरूलाई पछ्याउन सक्दैनन् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-hypo)

यस अध्यायमा भएका अनुवादका अन्य सम्भाव्य कठिनाइहरू

“तिमीहरू जसले न्याय गर्छौ”

समय-समयमा, यसलाई अझ साधारण किसिमले अनुवाद गर्न सकिन्छ, तर यसलाई तुलनात्मक रूपले यो अप्ठेरो किसिमले अनुवाद गरिएको छ किनभने पावलले “न्याय गर्ने मानिसहरू”लाई यसरी जनाइरहेका छन् मानौँ उनले यसो पनि भन्‍न खोजिरहेका छन् कि सबैले न्याय गर्छन् । यसलाई “जसले न्याय गर्छन्(र सबैले न्याय गर्छन्)” भनेर अनुवाद गर्न सम्भव छ ।

सम्बन्धित खण्‍डहरूः

<< | >>