Door43-Catalog_ne_tn/rom/02/01.md

4.7 KiB

जोड्ने कथनः

पावल सबै मानिसहरु पापी छन् भनेर पुष्टि गर्दछन र सबै मानिसहरु पापी छन् भनेर उनीहरुलाई सम्झना गराउन जारी राख्छन्।

यसकारण, तिमीलाई कुनै बहाना छैन

शब्द “यसकारण” ले पत्रको नयाँ खण्डलाई सुरु गर्छ । यसले रोमी १:१-३२ (../01/32.md) मा भनिएको कुरालाई पनि निष्‍कर्षमा ल्याउँछ । वैकल्पिक अनुवादः “जसले निरन्तर पाप गर्छ, त्यसलाई परमेश्‍वरले दण्डित गर्नुहुन्छ भने, उहाँले तिमीहरूको पाप पनि क्षमा गर्नुहुनेछैन ।” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

तिमी

एउटा यहूदी व्यक्‍ति उनीसँग बहस गर्दै गरेको जस्तो गरेर पावलले अभिनय गरिरहेका छन् । निरन्तर पाप गर्ने सबैलाई परमेश्‍वरले दण्डित गर्नुहुन्छ (चाहे त्यो यहूदी होस् वा गैरयहूदी) भनेर शिक्षा दिनको निम्ति पावलले यो गरिरहेका छन् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-apostrophe)

तिमी

यहाँ शब्द “तिमी” एकवचन हो । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-you)

ए मानिस, तिमी जसले न्याय गर्छौ

यहाँ शब्द “मानिस” त्यो व्यक्‍तिलाई डाँट्न वा उपेक्षा गर्न प्रयोग गरिएको छ जसले परमेश्‍वरझैँ कार्य गर्न सक्छु र अरूको न्याय गर्न सक्छु भनेर विचार गर्छ । वैकल्पिक अनुवादः “तिमी त एउटा मानिस मात्र हौ, तर पनि तिमी अरूको न्याय गर्छौ र तिनीहरूले परमेश्‍वरको दण्ड पाउनुपर्छ भनेर भन्छौ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

तिमी अर्कालाई जेको निम्ति दोष लगाउँछौ तिमी आफैँ पनि त्यसैमा दोषी ठहराइन्छौ

“तर तिमीले त आफ्नै न्याय गर्दै छौ, किनकि तिमीले त अरूले झैँ दुष्‍ट काम गर्छौ”

तर … हामी जान्दछौँ

यसमा ख्रीष्‍टियान विश्‍वासीहरू र गैरख्रीष्‍टियान यहूदीहरू पर्न सक्छन् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-inclusive)

यस्ता कुराहरू गर्नेहरूमाथि परमेश्‍वरको न्याय हुँदा सत्यताअनुसार हुन्छ

यहाँ पावलले "परमेश्वरको इन्साफ" को कुरा गर्दछन् मानौं यो जीवित छ र मानिसहरूमा "खस्‍न" हुन सक्छ । वैकल्पिक अनुवादः “परमेश्‍वरले ती मानिसहरूमाथि सही र निष्‍पक्ष रूपमा इन्साफ गर्नुहुन्छ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-personification)

यस्ता कुराहरू गर्नेहरू

“ती मानिसहरू जसले त्यस्ता दुष्‍ट कामहरू गर्छन्”

अनुवादका शब्‍दहरू