Door43-Catalog_ne_tn/rev/21/21.md

2.4 KiB

मोतिहरू

सुन्दर र बहुमूल्य सेतो मोति । तिनीहरू समुद्रमा बस्ने एक खास प्रकारको साना जनावरको खोलभित्र बनेका हुन्छन् । तपाईंले यसलाई प्रकाश १७:४ मा कसरी अनुवाद गर्नुभएको छ, सो हेर्नुहोस् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-unknown)

प्रत्येक ढोका एकल मोतिबाट बनिएको थियो

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः "कसैले एकल मोतिबाट प्रत्येक ढोका बनाएको थियो" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

शुद्ध सुन, पारदर्शी सिसा जस्तै

सुन यति स्पष्ट थियो कि त्यसलाई सिसा जसरी बताइएको छ । तपाईंले यसलाई प्रकाश २१:१८ मा कसरी अनुवाद गर्नुभएको छ, सो हेर्नुहोस् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-simile)

परमप्रभु परमेश्‍वर ... र थुमा यसका मन्दिर हुन्

मन्दिरले परमेश्वरको उपस्थितिलाई प्रतिनिधित्व गर्थ्यो । यसको मतलब नयाँ यरूशलेमलाई मन्दिरको आवश्यक पर्दैन किनकि परमेश्वर र थुमा त्यहाँ बस्नुहुनेछ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

अनुवादका शब्दहरू