Door43-Catalog_ne_tn/rev/18/01.md

3.7 KiB

जोड्ने कथनः

अर्को स्वर्गदूत स्वर्गबाट तल आएर बोल्छन् । यो अघिल्लो पाठमा भन्दा वेश्या र पशुको बारेमा बोलेको भन्दा फरक स्वर्गदूत हो ।

सामान्य जानकारीः

सर्वनाम "उनी" र "उनको" बेबिलोन सहरलाई जनाउँदछन्, जसलाई यो वेश्या जस्तो मानिन्छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-personification)

पतन, पतित महान् बेबिलोन छ

स्वर्गदूतले बेबिलोनको पतन भएको जस्तो गरी बताएको छ । तपाईंले यसलाई प्रकाश १४:८ मा कसरी अनुवाद गर्नुभएको छ, सो हेर्नुहोस् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

घृणित चरा

"घृणित पक्षी" वा "घृणास्पद चरा"

सबै जातिहरू

ती राष्ट्रहरू ती राष्ट्रहरूका मानिसहरूका लागि प्रतिस्थापन हुन् । वैकल्‍पिक अनुवादः "सबै देशका मानिसहरु" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

उनको अनैतिक आवेगको मद्य पिएका छन्

यो उनको यौन अनैतिक जुनूनमा भाग लिनको लागि प्रतीक हो। वैकल्‍पिक अनुवादः "उनी उनको जस्तै यौन अनैतिक बनेका छन्" वा "यौन पापमा उनीजस्तै मात्तिन" (हेर्नुहोस्ः rc://*/ta/man/translate/writing-symlanguage)

उनको अनैतिक आवेग

बेबिलोनको बारेमा यो मानिन्छ कि यो एक वेश्या हो जसले अरू मानिसहरूलाई पनि उनिसँग पाप गर्न लगाएको छ । यसको राम्रो अर्थको दुवै अर्थ हुन सक्दछ: शाब्दिक यौन अनैतिकता र झूटा देवताहरूको पूजा पनि । (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-personification]] अनि [[rc:///ta/man/translate/figs-metaphor]])

व्यापारीहरू

व्यापारी भनेको सामान बेच्ने व्यक्ति हो ।

उनको कामुक जीवनशैलीको शक्तिबाट

"किनभने उनले यौन अनैतिकतामा यति धेरै पैसा खर्च गरे"

अनुवादका शब्दहरू