Door43-Catalog_ne_tn/rev/17/12.md

2.9 KiB

जोड्ने कथनः

ती स्वर्गदूतले यूहन्नालाई कुरा गरिरहेछन्। यहाँ उनले पशुको दश सिङको अर्थ बताउँदछन् ।

एक घण्टाको लागि

यदि तपाईंको भाषाले दिनलाई २४ घन्टा मा विभाजित गर्दैन, तपाईंले अझ सामान्य अभिव्यक्तिको प्रयोग गर्न आवश्यक पर्दछ । वैकल्‍पिक अनुवादः "धेरै छोटो समयको लागि" वा "एक दिनको सानो भागको लागि" (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-unknown)

यी एक मनका हुन्

"यी सबैले एउटै कुरा सोच्दछन्" वा "यी सबै एउटै काम गर्न सहमत छन्"।

थुमा

"थुमा" एउटा कलिलो भेडा हो । यहाँ ख्रीष्टलाई संकेत गर्न प्रतीकात्मक रूपमा प्रयोग गरिएको छ । तपाईंले यसलाई प्रकाश ५:६ मा कसरी अनुवाद गर्नुभएको छ, सो हेर्नुहोस् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/writing-symlanguage)

बोलाइएकाहरू, छानिएकाहरू, र विश्वासीहरू

यसले व्यक्तिहरूको एउटा समूहलाई बुझाउँदछ । "बोलाइएको" र "छनौट गरिएको" शब्दहरूलाई सक्रिय रूपमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः "बोलाइएका, छानिएका, र विश्वासी जनहरू" वा "जसलाई परमेश्वरले बोलाउनुभएको छ र चुन्नुभएको छ, जो उहाँप्रति वफादार छन्" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

अनुवादका शब्दहरू