Door43-Catalog_ne_tn/rev/16/04.md

3.8 KiB

उनको कचौरा खन्याए

"कचौरा" शब्दले त्यसमा भएको कुरालाई बुझाउँदछ । तपाईंले यसलाई प्रकाश १६:२ मा कसरी अनुवाद गर्नुभएको छ, सो हेर्नुहोस् । वैकल्‍पिक अनुवादः "कचौराबाट दाखमद्य खन्याइयो" वा "परमेश्‍वरको क्रोध उनको कचौराबाट खन्याइयो" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

नदीहरू र पानीका मूलहरू

यसले ताजा पानीको सङ्ग्रहहरूलाई जनाउँछ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-synecdoche)

पानीको स्वर्गदूतहरू

सम्भावित अर्थहरू १) यस शब्दले तेस्रो स्वर्गदूतलाई बुझाउँदछ जो नदी र फुहाराहरूमा परमेश्वरको क्रोध खन्याउन जिम्मेवार थियो वा २) यो अर्को स्वर्गदूत थियो जो सबै पानीको जिम्मेवार थियो ।

तपाईं धर्मी हुनुहुन्छ

"तपाईं"ले परमेश्वरलाई बुझाउँछ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-you)

जो हुनुहुन्छ र हुनुहुन्थ्यो

"परमेश्‍वर जो हुनुहुन्छ र हुनुहुन्थ्यो ।" तपाईंले यस्तै वाक्यांशलाई प्रकाश १:४ मा कसरी अनुवाद गर्नुभएको छ, सो हेर्नुहोस् ।

तिनीहरूले विश्वासीहरू र अगमवक्ताहरूको रगत खन्याए

यहाँ "रगत खन्याइएको" को अर्थ मार्नु हो। वैकल्‍पिक अनुवादः "दुष्ट मानिसहरूले विश्वासी र भविष्यवक्ताहरूको हत्या गरे" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

तपाईंले तिनीहरूलाई रगत पिउनु भयो

परमेश्वरले दुष्ट मानिसहरूलाई उहाँले रगत बनाउनुभएको पानी पिउन लगाउनु हुनेछ ।

मैले वेदीको जवाफ सुनेँ

यहाँ "वेदी" शब्दले वेदीमा भएको कसैलाई जनाएको हुन सक्छ । "मैले वेदीमा भएको कसैले उत्तर दिएको सुनेँ" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

अनुवादका शब्दहरू