Door43-Catalog_ne_tn/rev/03/14.md

3.4 KiB

सामान्य जानकारीः

मानिसका पुत्रले लाउडिकियाको मण्डलीका दूतलाई दिएको सन्देशको यो सुरुवात हो ।

लाउडिकिया

यो एसियाको पश्‍चिमी भागमा रहेको सहरको नाम हो जुन आज आधुनिक टर्की हो । तपाईंले यसलाई प्रकाश १:११ मा कसरी अनुवाद गर्नुभएको छ, सो हेर्नुहोस् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-names)

आमिनका वचनहरू

यहाँ "आमिन" येशू ख्रीष्टको नाम हो । उहाँले परमेश्वरका प्रतिज्ञाहरूलाई आमिन भन्दै निश्‍वचयता दिनुहुन्छ ।

परमेश्वरको सृष्टिमाथि शासक

सम्भावित अर्थहरू १) "परमेश्वरले सृष्टि गर्नुहुने सबैमाथि शासन गर्ने" वा २) "जसद्वारा परमेश्वरले सबै कुरा सृष्टि गर्नुभयो"

तिमी नता चिसो नता तातो छौ

"चिसो र तातो"ले दुई चरम आत्मिक रुचि वा परमेश्वरप्रतिको प्रेमलाई प्रतिनिधित्व गर्दछ । "चिसो" हुनु पूर्ण रूपमा परमेश्वरको बिरूद्ध हुनु हो र "तातो" हुनु उहाँको सेवा गर्न जोसिलो हुनु हो । वैकल्‍पिक अनुवादः"तिमी नता चिसो नता तातो पानी जस्तै छौ" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

मनतातो

"थोरै तातो ।" यसले कसैलाई वर्णन गर्दछ जसको थोरै मात्रामा आत्मिक रुचि वा विश्वस्तता छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

म तिमीलाई मेरो मुखबाट बान्ता गर्न लागेको छु

तिनीहरूलाई अस्वीकार गरेकोलाई मुखबाट बान्ता गरेको भनेर भनिएको छ । वैकल्‍पिक अनुवादः "म तिमीहरूलाई अस्वीकार गर्नेछु जसरी म मनतातो पानी निकाल्छु" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

अनुवादका शब्दहरू