Door43-Catalog_ne_tn/rev/03/07.md

2.3 KiB

सामान्य जानकारीः

फिलाडेल्फियाको मण्‍डलीको दूतलाई मानिसको पुत्रको सन्देशको यो सुरुवात हो ।

फिलाडेल्फिया

यो एसियाको पश्‍चिमी भागमा रहेको शहरको नाम हो जुन आज आधुनिक टर्की हो । तपाईंले यसलाई प्रकाश १:११ मा कसरी अनुवाद गर्नुभएको छ, सो हेर्नुहोस् ।(हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-names)

दाऊदको साँचो

येशू आफ्नो राज्यमा को जान सक्छ भनेर निर्णय गर्ने अधिकारबारे बताउनुहुन्छ जस्तो कि यो राजा दाऊदको साँचो हो । (हेर्नुहोस्ः rc://*/ta/man/translate/writing-symlanguage)

उसले खोल्छ र कसैले पनि बन्द गर्दैन

"उसले राज्यको ढोका खोल्छ र कसैले पनि यसलाई बन्द गर्न सक्दैन"

ऊ बन्द गर्छ र कसैले खोल्न सक्दैन

"उसले ढोका बन्द गर्छ र कसैले पनि यसलाई खोल्न सक्दैन"

मैले तिमीहरू समक्ष ढोका खुला राखेको छु

"मैले तिम्रो लागि ढोका खोलिदिएको छु"

मेरो नाम

शब्द "नाम"ले प्राय: जसो त्यो नाम भएको व्यक्तिलाई जनाउँदछ । वैकल्‍पिक अनुवादः "मलाई" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

अनुवादका शब्दहरू