Door43-Catalog_ne_tn/mrk/14/intro.md

4.3 KiB

मर्कूस १४ सामान्य टिपोटहरू

संरचना र ढाँचा

केही अनुवादहरूले पुरानो करारका उद्धरणहरूलाई अलग राख्‍न रोज्‍छन् । यूएलबी र अरू धेरै अङ्ग्रजी अनुवादहरूले १४:२७, ६२ का पङ्क्तिहरूलाई अलग राख्‍छन्, जुन पुरानो करारबाटका उद्धरणहरू हुन् ।

यस अध्यायमा भएका विशेष अवधारणाहरू

देह र रगत खाने कुरा

आजको दिनसम्म, मानिसको पापहरूको लागि भएको ख्रीष्‍टको बलिदानको सम्झनामा प्रतीकात्मक कार्यलाई प्राय सबै मण्‍डलीहरूमा गर्ने गरिन्छ । (हेर्नुहोस्ः rc://*/tw/dict/bible/kt/sin)

यस अध्यायमा भएका अनुवादका अन्य सम्भाव्य कठिनाइहरू

बितेका घटनाहरू

यस अध्यायका थुप्रै भागहरू पहिल्यै घटिसकेका घटनाहरूको क्रम हो । कुनै दिइएको खण्‍डमा, मर्कूसले कहिलेकाहीँ केही घटनाहरूलाई पहिल्यै घटिसकेको रूपमा र अन्य घटनाहरू अझै घट्न जाने प्रक्रियामै (ती उनले लेख्‍ने समयमा पूरा भइसकेका भएतापनि) रहेको जसरी लेख्छन् । यसले घटनाहरूको अतार्किक क्रम बनाएर अनुवादमा कठिनाइ पैदा गर्न सक्छ । सबै घटनाहरू पहिल्यै घटिसकेका छन् भनेको जसरी लेखेर यिनीहरूलाई एक अर्कामा मिल्दो बनाउन आवश्‍यक हुन सक्छ ।

“मानिसको पुत्र”

येशूले आफैँलाई यस खण्‍डमा “मानिसको पुत्र”को रूपमा जनाउनुहुन्छ ।

अब्‍बा

यो आरमेइकमा भएको एउटा शब्द हो । मर्कूसले यस पदावलीलाई ग्रीकमा “अनुवाद” गर्दैनन् तर आरमेइक अक्षरहरूको ठाउँमा ग्रीक अक्षरहरू राखेर “त्यसको उच्‍चारणलाई ग्रीक भाषामा लेख्‍न” वा ग्रीकमा सार्न रोज्‍छन् । यूएलबी र यूडिबीका अनुवादकहरूले पनि यस पदावलीलाई अनुवाद गरेका छैनन् । अनुवादकले यस पदावलीको अर्थको अनुवाद नगरीकन त्यसको उच्‍चारणलाई निकाल्‍ने कोसिस गर्नुपर्छ ।

“म हुँ”

यो परमेश्‍वरको नाम, यहवेलाई जनाउन भनिएको हो । येशूले आफू यहवे हुनुभएको कुरा स्‍पष्‍टसँग दाबी गर्दै हुनुहुन्छ । (हेर्नुहोस्ः मर्कूस १४:६२ and rc://*/ta/man/translate/figs-explicit)

सम्बन्धित खण्‍डहरूः

<< | >>