Door43-Catalog_ne_tn/mrk/11/intro.md

2.0 KiB

मर्कूस ११ सामान्य टिपोटहरू

संरचना र ढाँचा

केही अनुवादहरूले पुरानो करारका उद्धरणहरूलाई अलग राख्‍न रोज्‍छन् । यूएलबी र अरू धेरै अङ्ग्रजी अनुवादहरूले ११:९-१०, १७ का पङ्क्तिहरूलाई अलग राख्‍छन्, जुन पुरानो करारबाटका उद्धरणहरू हुन् ।

यस अध्यायमा भएका विशेष अवधारणाहरू

बछेडा

जुन तरिकाले येशू एउटा पशुमा सवार हुनुभएर येरूशलेममा प्रवेश गर्नुभयो, त्यो कुनै राजाले एउटा महान् विजय हासिल गरेर सहरमा प्रवेश गर्ने तरिकासँग समान थियो । इस्राएलका राजाहरूको लागि गधामा चढ्नु पारम्परिक कुरा थियो । त्यहाँ बछेडासँग एउटा गधा पनि थियो तर येशू कुन पशुमाथि सवार हुनुभयो भन्‍ने कुरा स्‍पष्‍ट छैन । यी दुई खण्‍डहरूलाई मिलाउने कोसिस नगरीकन यसलाई यूएलबीमा भएको जसरी नै अनुवाद गर्दा उत्तम हुन्छ । (हेर्नुहोस्ःमत्ती २१:१-७)

सम्बन्धित खण्‍डहरूः

<< | >>