Door43-Catalog_ne_tn/mrk/08/16.md

4.0 KiB

हामीसँग कुनै रोटी नभएकोले हो

यस भनाइमा, यो "यो" ले येशूले भन्नुभएका कुरालाई जनाउँछ भनेर बताउन सहयोगी हुन सक्छ। वैकल्पिक अनुवादः “उहाँले हामीसँग रोटी नभएकोले त्यसो भन्‍नुभएको होला” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

रोटी छैन

शब्द "होईन" अतिशयोक्ति हो। चेलाहरूसँग एउटा रोटी थियो (८:१४), जुन नभएको भन्दा खासै फरक थिएन । वैकल्पिक अनुवादः “अति थोरै रोटी” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-hyperbole)

तिमीहरूले रोटी नल्याएको विषयमा किन बहस गरिरहेका छौ ?

यहाँ येशूले उहाँका चेलाहरूलाई हल्का हप्काउँदै हुनुहुन्छ, किनभने उहाँले केको बारेमा भनिरहनुभएको थियो भनी तिनीहरूले बुझ्‍नु पर्थ्यो । यसलाई कथनको रूपमा उल्लेख गर्न सकिन्छ । वैकल्पिक अनुवादः “मैले वास्तविक रोटीको बारेमा कुरा गरिरहेको छु भनी तिमीहरूले सोच्नु हुँदैन ।” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)

के तिमीहरू अझै महसुस गर्दैनौ ? के तिमीहरू बुझ्दैनौ ?

यी दुवै प्रश्‍नको आशय एउटै हो र यहाँ तिनीहरूले बुझ्दैनन् भनी जोड दिन तिनीहरूलाई सँगसँगै प्रयोग गरिएका छन् । यसलाई एउटा प्रश्‍न वा कथनको रूपमा उल्लेख गर्न सकिन्छ । वैकल्पिक अनुवादः “के तिमीहरू अझै पनि बुझ्दैनौ ?” वा “मैले अहिलेसम्म भनेका र गरेका कुराहरू तिमीहरूले बुझ्‍नुपर्छ र महसुस गर्नुपर्छ ।” (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-parallelism]] अनि [[rc:///ta/man/translate/figs-rquestion]])

के तिमीहरूका हृदय यति बोधो भएका छन् ?

यो रूपकले येशूको आशय बुझ्न तिनीहरू खुला वा तत्पर नभएको जनाउँछ । यसलाई पनि कथनको रूपमा उल्लेख गर्न सकिन्छ । वैकल्पिक अनुवादः “मैले भनेको कुरा बुझ्न तिमीहरूका हृदय कसरी खुला नभएको ?” वा “तिमीहरूका हृदय बुझ्न तत्पर छैन ।” (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-metaphor]] अनि [[rc:///ta/man/translate/figs-rquestion]])

अनुवादका शब्‍दहरू