Door43-Catalog_ne_tn/mrk/08/14.md

2.7 KiB

जोड्ने कथनः

येशू र उहाँका चेलाहरू डुङ्गामा हुनुहुँदा फरिसीहरू र हेरोदले चिन्हहरू देखे तापनि उहाँहरूले तिनीहरूमा भएको समझको कमीबारे छलछल गर्नुहुन्छ ।

अब

यहाँ यो शब्दलाई मुख्य कथालाई विभाजन गर्न प्रयोग गरिएको छ । यहाँ लेखकले चेलाहरूले रोटी ल्याउन बिर्सेको बारेमा पृष्‍ठभूमि जानकारी दिन्छन् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/writing-background)

एउटाभन्दा बढि रोटी थिएन

यो नकारात्मक शैलीलाई तिनीहरूसँग कति थोरै रोटी थियो भनी जोड दिन प्रयोग गरिएको छ । वैकल्पिक अनुवादः “एउटा मात्र” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-litotes)

सचेत रहो र होसियार बस

यी दुवैको अर्थ एउटै हुन्छ, र यहाँ जोड दिनलाई दोहोर्‍याइएको छ । तिनीहरूलाई जोड्न सकिन्छ । वैकल्पिक अनुवादः “जागा रहो” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-doublet)

फरिसी र हेरोदको खमिर

यहाँ येशू उहाँका चेलाहरूसँग तिनीहरूले नबुझ्ने रूपकमा बोल्दै हुनुहुन्छ । येशूले फरिसी र हेरोदका शिक्षाहरूलाई खमिरसित तुलना गर्दै हुनुहुन्छ, तर तपार्इंले यसलाई अनुवाद गर्दा व्याख्या गर्नुहुन्‍न, किनभने चेलाहरू आफैँले यसलाई बुझेनन् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

अनुवादका शब्‍दहरू