Door43-Catalog_ne_tn/mrk/05/intro.md

2.5 KiB

मर्कूस ०५ सामान्य टिपोटहरू

यस अध्यायमा भएका अनुवादका अन्य सम्भाव्य कठिनाइहरू

बितेका घटनाहरू

यस अध्यायका थुप्रै भागहरू पहिल्यै घटिसकेका घटनाहरूको क्रम हो । कुनै दिइएको खण्‍डमा, मर्कूसले कहिलेकाहीँ केही घटनाहरूलाई पहिल्यै घटिसकेको रूपमा र अन्य घटनाहरू अझै घट्न जाने प्रक्रियामै (ती उनले लेख्‍ने समयमा पूरा भइसकेका भएतापनि) रहेको जसरी लेख्छन् । यसले घटनाहरूको अतार्किक क्रम बनाएर अनुवादमा कठिनाइ पैदा गर्न सक्छ । सबै घटनाहरू पहिल्यै घटिसकेका छन् भनेको जसरी लेखेर यिनीहरूलाई एक अर्कामा मिल्दो बनाउन आवश्‍यक हुन सक्छ ।

“तालिता कूमी”

यो आरमेइकमा भएको एउटा पदावली हो । मर्कूसले यस पदावलीलाई ग्रीकमा “अनुवाद” गर्दैनन् तर आरमेइक अक्षरहरूको ठाउँमा ग्रीक अक्षरहरू राखेर “त्यसको उच्‍चारणलाई ग्रीक भाषामा लेख्‍न” वा ग्रीकमा सार्न रोज्‍छन् । यूएलबी र यूडिबीका अनुवादकहरूले पनि यस पदावलीलाई अनुवाद गरेका छैनन् । अनुवादकले यस पदावलीको अर्थको अनुवाद नगरीकन त्यसको उच्‍चारणलाई निकाल्‍ने कोसिस गर्नुपर्छ ।

सम्बन्धित खण्‍डहरूः

<< | >>