Door43-Catalog_ne_tn/mrk/05/01.md

1.9 KiB

जोड्ने कथनः

येशूले त्यस ठुलो आँधीलाई शान्त पार्नुभएपछि उहाँले धेरै भूतहरू भएको मानिसलाई निको पार्नुहुन्छ, तर गेरासेनसका स्थानीय बासिन्दाहरू त्यसको चङ्गाइप्रति खुसी हुँदैनन्‌ र तिनीहरूले येशूलाई त्यहाँबाट जानलाई आग्रह गर्छन् ।

उहाँहरू आउनुभयो

“उहाँहरू” शब्दले येशू र उहाँका चेलाहरूलाई जनाउँछ ।

समुद्र

यसले गालीलको समुद्रलाई जनाउँछ ।

गदरिनीहरू

यसले गेरासेनसमा बस्‍ने मानिसहरूलाई जनाउँछ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-names)

अशुद्ध आत्मा लागेको

यो त्यो मानिस अशुद्ध आत्माको “वश”मा वा “नियन्त्रण”मा छ भनी अर्थ दिने टुक्‍का हो । “अशुद्ध आत्माको नियन्त्रणमा रहेको” वा “अशुद्ध आत्माको वशमा भएको” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-idiom)

अनुवादका शब्‍दहरू