Door43-Catalog_ne_tn/mat/20/15.md

3.1 KiB

जोड्ने कथन:

कामदारहरूलाई काममा लिने एक जमिन मालिकको बारेमा येशूले आफ्नो उखानको अन्त गर्नुभयो । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-parables)

के मैले मेरो आफ्नो सम्‍पत्तिलाई मैले चाहना गरेजस्तो गर्नु न्यायसङ्गत होइन र ?

जमिन मालिकले गुनासो गरिरहेका मजदुरहरूलाई हप्काउन एक प्रश्न प्रयोग गर्दछ । वैकल्पिक अनुवादः “मसित भएको सम्पत्तिलाई मैले जस्तो इच्छा गर्छु त्यस्तै गर्न सक्छु ।” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)

म असल भएको कारणले तिम्रा आँखा दुष्‍ट भएको हो ?

जमिन मालिकले गुनासो गरिरहेका मजदुरहरूलाई हप्काउन एक प्रश्न प्रयोग गर्दछ । वैकल्पिक अनुवादः “अयोग्य मानिसहरूका निम्ति मैले असल काम गरेको कारण तिमी दुःखी नहोऊ ।” (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-rquestion]] अनि [[rc:///ta/man/translate/figs-idiom]])

त्यसैले अन्तिम पहिलो हुनेछ, र पहिलो अन्तिम हुनेछ

येशू यस युगलाई अर्को युगसँग तुलना गर्दै हुनुहुन्छ। जो अहिले महत्त्वपूर्ण छ, परमेश्वरले पृथ्वीमा आफ्नो शासन स्थापना गर्नुहुँदा परमेश्वरले तिनीहरूलाई महत्त्वहीन ठान्नुहुनेछ। जो अहिले महत्वहीन देखिन्छन्, परमेश्वरले उनीहरूलाई महत्त्वपूर्ण ठान्नुहुनेछ जब उसले आफ्नो शासन स्थापना गर्दछ। तपाईंले कसरी यस्तै बयान अनुवाद गर्नुभयो हेर्नुहोस् मत्ती १९:३०

त्यसैले अन्तिम पहिलो हुनेछ

यो दृष्टान्त समाप्त भएको छ र येशू बोल्दै हुनुहुन्छ । वैकल्‍पिक अनुवादः "तब येशूले भन्नुभयो, 'त्यसो भए अन्तिम अन्तिम हुनेछ'" ।