Door43-Catalog_ne_tn/mat/13/54.md

4.9 KiB

सामान्य जानकारी:

यो कथाको एक नयाँ भागको सुरूवात हो जुन बित्दछ मत्ती 17:27, जहाँ लेखकले येशूको सेवकाईको निरन्तर विरोध र स्वर्गको राज्यको बारेमा सिकाउने कुरा बताउँछन् । यहाँ, येशूको घरका मानिसहरूले उहाँलाई अस्वीकार गरे ।

येशू आफ्नै नगरमा

“उहाँको गाउँ घरमा ।” (युडीबी हेर्नुहोस्) यसले नासरत सहरलाई जनाउँछ जहाँ येशू हुर्कनुभयो । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

तिनीहरूका सभाघरहरूमा

सर्वनाम “तिनीहरू” ले त्यस क्षेत्रका मानिसहरूलाई जनाउँछ ।

तिनीहरू आश्‍चर्य चकित भए

“तिनीहरू अचम्मित भए ।”

अनि उनले यी आश्‍चर्यकर्महरू गर्नको निम्ति शक्‍ति कहाँबाट पाउँछन्?

मानिसहरूले यस प्रश्नको प्रयोग उनीहरूको छक्कलाग्दो अभिव्यक्तिको लागि गर्छन् कि येशू यति विद्वान हुनुहुन्छ र चमत्कारहरू गर्न सक्षम हुनुहुन्छ । वैकल्‍पिक अनुवादः "यस्तो साधारण मानिस कसरी यत्तिको बुद्धिमानी हुन र त्यस्तो महान् चमत्कारहरू गर्न सक्छ?" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)

के यो मान्छे सिकर्मीको छोरो होइन र? के उनको आमा मरियम कहलाइदैनन्? के उनका दाइहरू याकूब, यूसूफ, सिमोन र यहूदा होइनन्? के उनका सबै बहिनीहरू हामीसँग छैनन्?

भीडले यी प्रश्नहरूको प्रयोग आफ्नो विश्वास व्यक्त गर्नका लागि कि येशू को हुनुहुन्छ भनेर जान्दछन् र उहाँ केवल एक साधारण मानिस हुनुहुन्छ। वैकल्‍पिक अनुवादः "उहाँ केवल एक सिकर्मीको छोरो हुनुहुन्छ। हामी उनको आमा मरियमलाई चिन्छौं र उसका दाइहरू याकूब, यूसूफ, सिमोन र यहूदालाई। उनका सबै बहिनीहरू पनि हामीसँगै छन्।" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)

सिकर्मीका छोरा

सिकर्मी भनेको त्यो व्यक्‍ति हो, जसले काठबाट केही कुराहरू बनाउँछ । यदि “सिकर्मी” भन्‍ने शब्द अपरिचित छ भने, “निर्माण गर्ने व्यक्‍ति” भनेर लेख्‍न सकिन्छ ।

उसले यी सबै चीजहरू कहाँबाट पाए?

भीडले यो प्रश्नको उपयोग उनीहरूको छक्क पर्न भनेर प्रयोग गर्दछ जुन तिनीहरूको क्षेत्रका एक साधारण व्यक्तिले यी चीजहरू गर्न सक्षम हुनेछन् । वैकल्‍पिक अनुवादः "एक साधारण व्यक्तिले यी चीजहरू गर्न सक्षम हुनु हुँदैन!" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)

अनुवादका शब्‍दहरू