Door43-Catalog_ne_tn/mat/09/17.md

3.5 KiB

जोड्ने कथन:

बप्‍तिस्‍मा-दिने यूहन्‍नाका चेलाहरूले येशूलाई सोधेको प्रश्‍नको उत्तर दिने कामलाई उहाँले निरन्तरता दिइरहनुभएको छ ।

न त कसैले पुरानो मद्यको मशकमा नयाँ दाखमद्य राख्दछ

यूहन्‍नाका चेलाहरूले सोधेका प्रश्‍नको उत्तर दिनको निम्ति येशूले प्रयोग गर्नुभएको यो अर्को दृष्‍टान्त हो । यो उखान उस्तै उस्तै हो मत्ती ९:१६.

न त कसैले ... राख्दछ

“न त कसैले ... खन्याउँछ” (युडीबी) वा “मानिसहरूले कहिल्यै ... राख्दैनन्”

नयाँ दाखमद्य

यसले खमिर नमिसाइएको मद्यलाई जनाउँछ । यदि तपार्इंको क्षेत्रमा अङ्गुर अपरिचित छ भने, फलफुललाई जनाउने साधारण शब्दको प्रयोग गर्नुहोस् । वैकल्पिक अनुवाद: “अङ्गुरको रस ।” (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-unknown)

पुरानो मद्यको मशक

यसले धेरै समयदेखि प्रयोग गरिएको मशकलाई जनाउँछ ।

मशक

“मद्यको झोला” वा “छालाको झोला ।” मशक जनावरको छालाबाट बनाएको झोला थियो ।

दाखमद्य फ्याँकिनेछ, अनि त्यो मशक फुट्नेछ

यसलाई कर्तृ वाक्‍यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः "र यसले मद्यको छालालाई बिगार्नेछ र मद्य पखाल्नेछ" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

ती मशकहरू फुट्छन्

जब नयाँ दाखमद्यमा खमिर मिसिन्छ र फैलिन्छ, ती मशकहरू फुट्छन्, किनभने ती धेरै तन्कन सक्दैनन् ।

नयाँ मद्यको मशक

“नयाँ मशक” वा “नयाँ दाखमद्यको भाँडो ।” यसले कहिल्यै प्रयोग नगरिएको मशकलाई जनाउँछ ।

दुबै संरक्षित हुनेछ

यसलाई कर्तृ वाक्‍यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः "यो दुबै दाखमद्य र मद्य दुवै सुरक्षित हुन्छ" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

अनुवादका शब्‍दहरू