Door43-Catalog_ne_tn/mat/09/01.md

3.6 KiB

जोड्ने कथन:

लेखकले सुरु गरेको विषयमा फर्कन्छ मत्ती ८:१, येशू मानिसहरूलाई निको पार्दै। यो पक्षाघातको रोगीलाई येशूले निको पार्नुभएको विवरणबाट सुरु हुन्छ ।

येशू एउटा डुङ्गाभित्र प्रवेश गर्नुभयो

सम्भवतः येशूका चेलाहरू पनि उहाँसँगै गएका थिए (युडीबी हेर्नुहोस्) । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

एउटा डुङ्गा

सम्भवतः मत्ती ८:२३(../08/23.md) मा उल्लेख गरिएको डुङ्गा नै हुनुपर्छ । यदि तपार्इंले कुनै अस्पष्‍टता उत्पन्‍न हुनबाट रोक्‍न चाहनुहुन्छ भने मात्र यसलाई उल्लेख गर्नुहोस् ।

आफ्नै शहर मा

“त्यही सहर, जहाँ उहाँ बसिरहनुभएको थियो” (युडीबी) यसले कफर्नहुमलाई जनाउँछ ।

हेर

यसले बृहत् कथामा एउटा अर्को घटनाको सुरुवातको सङ्केत गर्दछ । पहिलेको घटनाका मानिसहरूभन्दा यहाँ फरक मानिसहरू समावेश हुन सक्छन् । यस्तो गर्नको निम्ति तपार्इंको भाषामा कुनै तरिका हुन सक्छ ।

तिनीहरूले ल्याए

"शहरका केही मानिस"

तिनीहरूको विश्वास

यसले पुरुषहरूको विश्वासलाई बुझाउँदछ र पक्षाघात भएका मानिसको विश्वास पनि समावेश गर्न सक्छ ।

छोरा

त्यो मानिस येशूको वास्तविक छोरा थिएन । येशू त्यो व्यक्‍तिसँग नम्र प्रकारले बोलिरहनुभएको थियो । यदि यो कुनै अस्पष्‍टता उत्पन्‍न गराउने किसिमको भएमा यसलाई “मेरा मित्र” वा “हे जवान मानिस” भनेर पनि अनुवाद गर्न सकिन्छ, वा यसलाई मेटाउन पनि सकिन्छ ।

तिम्रा पाप क्षमा भएका छन्

यसलाई कर्तृ वाक्‍यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवाद: “मैले तिम्रा पाप क्षमा गरेको छु ।” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

अनुवादका शब्‍दहरू