Door43-Catalog_ne_tn/mat/08/01.md

4.4 KiB

सामान्य जानकारी:

यो कथाको नयाँ भागको शुरुवात हो जसमा येशू निको पार्ने थुप्रै विवरणहरू छन् । यो विषयवस्तु जारी रहन्छ मत्ती ९:३५ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/writing-newevent)

जब येशू डाँडाबाट तल ओर्लनुभएको थियो, ठुलो भिडले उहाँलाई पछ्यायो ।

“येशू डाँडाबाट तल आउनुभएपछि एउटा ठुलो भिडले उहाँलाई पछ्यायो ।” भिड भन्‍नाले पहिले नै उहाँसँग डाँडामा भएका मानिसहरू र अरू नयाँ मानिसहरू जो उहाँसँग डाँडामा थिएनन्, ती दुवै वर्गका मानिसहरू हुन सक्छन् ।

हेर

शब्द “हेर” ले घटनाक्रममा नयाँ व्यक्‍तितर्फ हाम्रो ध्यान केन्द्रित गराउँछ । तपार्इंको भाषामा यस्तो गर्ने कुनै तरिका हुन सक्छ ।

एक जना कुष्‍ठरोगी

“कुष्‍ठरोग लागेको मानिस” वा “छालाको रोग भएको मानिस” (युडीबी) ।

उनको अघि झुके

यो येशूको अघि नम्र आदरको चिह्न हो । (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-symaction)

तपार्इंले इच्‍छा गर्नुभयो भने

“यदि तपार्इंले चाहनुभयो भने” वा “यदि तपार्इंले इच्छा गर्नुहुन्छ भने ।” येशूसँग निको पार्ने शक्‍ति थियो भन्‍ने कुरा त्यस कुष्‍ठरोगीलाई लाई थाहा थियो, तर येशूले उसलाई छुन चाहनुहुन्छ कि हुँदैन भन्‍ने कुरा भने उसलाई थाहा थिएन ।

मलाई शुद्ध पार्न सक्‍नुहुन्‍छ

यहाँ "सफा" भनेको निको पार्नु हो र फेरि समुदायमा बस्न योग्य हुनु हो । वैकल्पिक अनुवादः “तपार्इंले मलाई निको पार्न सक्‍नुहुन्छ” वा “कृपया मलाई निको पारिदिनुहोस्” (युडीबी) (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-idiom)

सफा हुनुहोस्

यसो भनेर येशूले त्यस मानिसलाई निको पार्नुभयो । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-imperative)

तुरुन्तै

“त्यही समयमा”

आफ्नो कुष्‍ठरोगबाट ऊ शुद्ध भयो

“तिमी शुद्ध होऊ” भनेर येशूले भन्‍नुभएको नतिजास्वरूप त्यो मानिस निको भएको थियो । यसलाई कर्तृ वाक्‍यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “ऊ राम्रो भयो” वा “कुष्‍ठरोगले उसलाई छोड्यो” वा “कुष्‍ठरोग समाप्‍त भयो ।” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

अनुवादका शब्‍दहरू